एनएसएलको अक्सन सम्पन्नः ललितपुर खर्चिलो बन्दा, पोखरा र बुटबललाई जरिवाना
.jpg)
-
नेप्लेज
- |
- २०८०-०६-१३
- |
- 5702 पटक हेरिएको
नेपाल सुपर लिग ९एनएसएल०को दोस्रो संस्करणका लागि गरिएको अक्सन शनिबार सम्पन्न भएको छ ।
आज भएको अक्सनमा ललितपुर सिटी एफसीले सर्वाधिक २४ लाख २० हजाार रकम खर्च गरेको छ । सबैभन्दा कम खर्च गर्ने टोलीमा पोखरा थर्डसले १५ लाख ६० हजारमात्र खर्च गरेको छ । ए, बी , सी श्रेणीमा कुल १७८ खेलाडीका लागि भएको अक्सनमा १२० खेलाडी विक्री भएका छन् । ए श्रेणीका २७, ५७ बी श्रेणीका र ३६ सी श्रेणीका खेलाडी बिक्री भएका छन् ।
आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीले सहभागी टिमलाई खेलाडी अक्सनमा बढीमा २५ लाख रुपैयाँसम्म खर्च गर्न सक्ने प्रावधान राखेको थियो । कुनैपनि टोलीले न्युनतम १८ लाख खर्च गर्नु पर्नेमा पोखराले १५ लाख ६० हजार बुटवल लुम्बिनीले १६ लाख ७० हजार मात्र खर्च गरे । १८ लाखमा नपुग भएको रकम पोखरा र बुटबलले लुम्बिनीले जरिवाना स्वरुप तिरेका छन् ।
त्यस्तै स्पोर्टिङ इलाम २० लाख ५० हजार खर्च गर्दा झापाले २० लाख ५० हजार खर्च गर्यो ।
साविक विजेता काठमाडौं रेजर्सले २० लाख १० हजार रुपैयाँ अक्सनमा खर्च गर्दा उपविजेता बनेको धनगढीले १९ लाख १० हजार, विरगञ्जले १९ लाख ७० हजार, चितवनले १८ लाख २० हजार खर्च गरे ।
कुन टीममा को को खेलाडीः