महिला भलिबलमा भियतनामसँग नेपाल पराजित
- नेप्लेज
- |
- २०८०-०६-१३
- |
- 553 पटक हेरिएको
एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाल ३–० को सोझो सेटमा पराजित भएको छ ।
भियतनामले नेपाललाई २५–४, २५–१६ र २५–१३ को सेटमा हराएको हो ।
समूह ‘सी’ को अर्को खेलमा नेपालले सोमबार दक्षिण कोरियाविरुद्ध प्रतिस्पर्धा गर्ने छ ।
एसियाडको महिला भलिबलमा नेपाल पहिलो सहभागी भएको हो ।