तेस्रो अभ्यास खेलमा नेपाल भर्सेस युएई ए (फोटो फिचर)

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१९
  • |
  • 209 पटक हेरिएको

माघ १९, काठमाडाै‌ं । आइसीसी विश्व क्रिकेट लिग डिभिजन टूको तयारीका लागि युएईमा रहेको नेपाली टोलीले तेस्रो अभ्यास खेलमा युएई–११ टोलीसँग ६४ रनको हार ब्यहोरेको छ ।

युएईको आईसीसी ग्लोबर क्रिकेट एकेडेमीमा भएको खेलमा नेपालको बलिङ पंक्तिले सन्तोषजनक प्रदर्शन गरे पनि ब्याटिङ चल्न नसक्दा हार ब्यहोरेको हो ।

तीनमध्ये यसअघिका दुई खेलमा नेपालको ब्याटिङ चलेको थियो भने दुवै खेलमा नेपाल विजयी भएको थियो ।

माघ २५ देखि नामिवियामा हुने विश्व क्रिकेट लिग डिभिजन टूका लागि नेपाली टोली आइतबार युएईबाट नामिविया प्रस्थान गर्नेछ । नेपालले माघ २५ गते आफ्नो पहिलो खेल घरेलु टोलीसँगै खेल्नेछ ।

नेपाली टोली र युएई–११ बीचको अभ्यास खेलका केही तस्वीरहरु हेर्नुहोस्

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey