मार्कोश रासफोर्ड भर्सेस मिची बाल्सुयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०३-१४
  • |
  • 164 पटक हेरिएको

मार्कोश रासफोर्ड, इंग्ल्याण्ड

म्यान्चेस्टर युनाइटेडका यी फरवार्डलाई राष्ट्रिय टोलीबाट ठूला प्रतियोगितामा प्रभावशाली प्रदर्शन गर्नका लागि राम्रो अवसर छ । जसले कोष्टारिकाको बिरुद्ध विश्वकपअघिको अभ्यास खेलमा शानदार गोलसहित उत्कृष्ट प्रदर्शन गरेका थिए ।
रासफोर्डको घुँडाको चोट पूर्ण रुपमा निको भइसकेको छैन । तर, समूहचरणका यसअघिका दुई खेलमा गोल गर्न असफल हुनुका कारण तेस्रो खेलमा रासफोर्डले मौका पाउन सक्छन् ।

मिची बाल्सुयी, बेल्जियम

ट्युनिसियाबिरुद्धको खेलमा ५–२ को जितका क्रममा अन्तिम गोल गरेका उनले इंग्ल्याण्डबिरुद्धको खेलमा उनी प्लेइङ ११ मा पर्ने सम्भावना छ । २४ वर्षीय स्ट्राइकर बात्सुल्यी चेल्सीबाट गत सिजन बोरुसिया डर्टमण्डमा विताएका थिए । तर, चोटका कारण मध्य सिजन उनी फर्किएका थिए । सन् २०१५ यता उनले बेल्जियन टोलीका लागि १७ खेलमा ८ गोल गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey