प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ सुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०३-१३
  • |
  • 533 पटक हेरिएको

नेप्लेज, १३ असार । अखिल नेपाल खेलकुद संघको आयोजनामा आजबाट प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता सुरु भएको छ ।

गृहमन्त्री रामबहादुर थापा बादलले प्रतियोगिताको उद्घाटन गरे । प्रतियोगिताको पहिलो दिन पुरुष ५६ केजी तौल समूहमा आर्मीका तीन खेलाडी विजयी भएका छन् । आमीका बाबुराम मगरले उदयपुरका विजय राई हराए । आर्मीकै नरेश देवानले अल्फाका चन्द्रज्योती थापालाई हराए भने पुरन सुनुवारले पनि मकवानपुरका सुशन मानन्धरमाथि जित दर्ता गरे ।

५६ केजीमै रामेछापका फुर्वा शेर्पाले कैलालीका आदर्श पाण्डेलाई हराए भने झापाका सुरेन्द्र राईले बाँकेका नवीन घर्तिलाई पराजित गरे ।

६० केजी तौल समूहमा आर्मीका दानबहादुर दर्लामीले सुनसरीका मोनिहाङ लिम्बुलाई हराए । यस्तै बानुजका कर्मा तेन्जिङ गुरुङले बाँकेका विशाल रग्मीविरुद्ध जित दर्ता गरे । सोही तौल समूहमा काठमाडौंका सुमन बज्राचार्यले कास्कीका रेक सुब्बा गुरुङलाई हराए । यस्तै मेघदुत क्लबका सलेन शाहीले चितवनका छविराज बोहरालाई अंकको आधारमा हराउँदै दोस्रो चरणमा प्रवेश गरे ।

४९ केजी तौल समूहमा टोटल फिटनेशका तेज पुन मगरले बाँकेका सागर थापालाई पराजित गर्दै दोस्रो चरणमा स्थान बनाए ।
प्रतियोगितामा पुरुषतर्फ ४९, ५२, ५६, ६०, ६४, ६९, ७५, ८१, ९१ र ९१ माथि १० तौल समूह तथा महिलातर्फ ४८, ५१, ५४, ५७, ६०, ६४, ६९ र ७५ माथि गरी ८ तौल समूह समावेश गरिएको छ ।

प्रतियोगितामा बिभागीय टोलीहरु आर्मी, पुलिस र एपीएफ लगायत देशभरबाट १९० खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिता पाँच दिनसम्म संचालन हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey