ब्याडमिन्टन टोली भारत प्रस्थान

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०३-११
  • |
  • 401 पटक हेरिएको
नेप्लेज, ११ असार। जुनियर खेलाडीको अन्तर्राष्ट्रिय प्रशिक्षण शिविरमा सहभागी हुन नेपाली ब्याडमिन्टन टोली सोमबार भारतको बैंगलोर प्रस्थान गरेको छ ।
दक्षिण एसियाली राष्ट्रका खेलाडीको सहभागिता रहने तीन साताको यो शिविरमा पुरुषतर्फ प्रफुल्ल महर्जन र रुपेश महर्जन तथा महिलामा रशिला महर्जन र सीमा राजवंशीले सहभागिता जनाउने छन् । प्रशिक्षकमा राजेशप्रताप श्रेष्ठ छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य वीरेन्द्र श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।
ब्याडमिन्टन संघका सचिव नवीनविक्रम शाहका अनुसार एओपी खेलाडी बैठकमा सहभागी हुन रत्नजित तामाङ र दीपेश धामी आइतबार मलेसियाको क्वालालम्पुर प्रस्थान गरेको छ । सोमबारदेखि सुरु भएको बैठक मंगलबार सम्पन्न हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey