युईएफए महिला च्याम्पियन्स लिगको उपाधि बार्सिलोनालाई 

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-०२-२१
  • |
  • 813 पटक हेरिएको

युईएफए महिला च्याम्पियन्स लिगको उपाधि स्पेनिस क्लब बार्सिलोनाले जितेको छ । शनिबार राति भएको फाइनलमा जर्मन क्लब उल्भ्सबर्गविरुद्ध पुनरागमन जित दर्ता गर्दै उपाधि उचालेको हो । उल्भ्सबर्गले सुरुआती २ गोलको अग्रता जोगाउन नसक्दा बार्सिलोना ३–२ ले च्याम्पियन बन्न पुग्यो ।

नेदरल्यान्डसको आइन्ड होभनमा उल्भ्सबर्गले तेस्रो मिनेटमै अग्रता लिएको थियो । उसका लागि इवा पेजोरले गोल गर्दै अग्रता दिलाएकी थिइन् । ३७ औं मिनेटमा पोपले गोल गरेपछि उल्भ्सबर्ग पहिलो हाफमा २–० को सहज अवस्थामा रहेको थियो । तर, बार्सिलोनाका लागि पेट्रीसिया गुइजारो गुतिरेजले ४८ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई २–१ को अन्तरमा झारेकी थिइन् । उनैले २ मिनेटपछि व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोनाले खेल २–२ को बारबरीमा ल्याएको थियो ।

Image

७० औं मिनेटमा फ्रिडोलिना रोल्फले गोल गरेपछि बार्सिलोनाले ३–२ को अग्रता बनायो । सोही अग्रता कायम राख्दै बार्सिलोनाले महिला च्याम्पियन्स लिगको उपाधि जित्न सफल भयो ।  बार्सिलोनाले लगातार ३ सिजन फाइनल खेल्दा दोस्रो पटक उपाधि जित्न सफल भयो । २०२१–२२ को सिजनमा चेल्सीलाई पराजित गरेर उपाधि जितेको वार्सिलोनाले गत संस्करणमा भने लियोनसँग पराजित भएको थियो ।

उता जर्मन क्लब उल्भ्सबर्ग भने उपाधि जित्नका लागि फेरि अर्को सिजन कुर्नुपर्ने अवस्थामा पुगेको छ । यसअघि सन् २०१४ मा उपाधि जिते यता उल्भ्सबर्गले उपाधि जित्न सकेको छैन ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey