एफए कपको उपाधि म्यानचेस्टर सिटीलाई 

Kelmi

  • एजेन्सी
  • |
  • २०८०-०२-२०
  • |
  • 756 पटक हेरिएको

एफ ए कपको उपाधि म्यानचेस्टर सिटीले जितेको छ ।

शनिबार राति भएको खेलमा  सिटीले सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

हालै प्रिमियर लिगको उपाधि रक्षा गरेको सिटीले एफए कपको जितसँगै यसै सिजन २ वटा उपाधि आफ्नो पक्षमा पारेको छ ।

वेम्बली रंगशालामा सिटीले पहिलो मिनेटमै अग्रता लिएका थियो ।

सिटीलाई जिताउन दुवै गोल गुन्डोगनले गरेका हुन् ।

May be an image of 2 people, people playing football, people playing soccer and text

पहिलो मिनेटमै गुन्डोगनले केभिन डी ब्रुएनाको पासमा गोल गर्दै सिटीलार्य अग्रता दिलाए ।

तर, ३३ औं मिनेटमा युनाइटेडका बु्रनो फर्नान्डेजले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए ।

पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलमा सिटीले ५१ औं मिनेटमा फेरि अग्रता लिन पुग्यो ।

ब्रुएनाकै पासमा गुन्डोगानले व्यक्तिगत र टिमका लागि दोस्रो गोल गरेका थिए ।

उनको गोलसँगै २–१ को अग्रता लिएका सिटीले उक्त अग्रता कायमै राख्दै अन्ततः एफए कपको उपाधि नै उचाल्न सफल भयो ।

May be an image of 7 people, people playing soccer, people playing football and text that says 'FACUP MANCHESTER WINNERS 2018/19 6-0 WINNE 2010/11 FA CUP 1-0 FA CUP WINNERS 2022/23 BETTER BETTER AKANJI 25 FA WINNERS CUP 1933/34 GÜNDOĞAN CUP NERS 1968/69 Wners 1968 FA Cup Final WINNERS 1903/04 THIS CITV MANCHESTER'

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey