शीर्ष स्थानको चर्च ब्वाईज विजयी, जावलाखेल स्तब्ध

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-०२-२०
  • |
  • 357 पटक हेरिएको

शहिद स्मारक ए डिभिजन लिगमा शीर्षस्थानको चर्च ब्वाइज विजयी भएको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको २४ औं चरणको खेलमा चर्च ब्वाइजले तेस्रो स्थानमा रहेको जावलाखेल युथ क्लवलाई २–० गोल अन्तरले पराजित गरेको हो । चर्च ब्वाइजको जितका लागि अन्जन विष्टले एक गोल गर्दा आशिष चौधरीले दुुई गोल गरेका थिए । 

चर्च ब्वाइजले पहिलो हाफको अतिरिक्त समयको आठौं मिनेटमा अग्रता बनायो । चच ब्वाइजका लागि स्ट्राइकर अन्जन विष्टले गोल गरेका हुन् । अन्जनले पेनाल्टीमा गोल गरेका हुन् । चच ब्वाइजका रन्जित सिंहलाई जावलाखेलका खेलाडीले डिबक्समा लडाएपछि रेफ्रिले पेनाल्टी दिएका थिए । उक्त पेनाल्टी अन्जनले प्रहार गरेका थिए । अन्जनको प्रहार पोस्टमा लागेर रिवाउन्डमा आएको बलमा उनै अन्जनले गोल गरेका हुन् । 

पहिलो हाफमा एक गोलको अग्रता बनाएको चर्च ब्वाईजले खेलको अन्तिमा पाँच मिनेटमा दुई गोल गर्न सफल रह्यो । खेलको ८८ औं मिनेट र अतिरिक्त समयको तेस्रो मिनेटमा आशिष चौधरीले दुई गोल गरेका हुन् । खेलको ८८ औं मिनेटमा आशिषले कमल श्रेष्ठको पासमा गोल गरेका हुन् । त्यस्तै अतिरिक्त समयको तेस्रो मिनेटमा एरिक विष्टको फ्रिकिक प्रहारमा आएको रिवाउन्ड बलमा आशिषले व्यक्तिगत दोस्रो गोल गरे । 

जितसँगै चर्च ब्वाईजले दोस्रो स्थानमा रहेको मछिन्द्रसँग पाँच अंकको अग्रता बनाउन सफ भयो । चर्च ब्वाईजको २४ खेलबाट ४४ अंक रहेको छ । दोस्रो स्थानमा रहेको मछिन्द्रको २३ खेलबाट ३९ अंक रहेको छ । तेस्रो स्थानको जावलाखेलको २४ खेलबाट ३७ अंक रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey