काभा मेन्स लिग भलिबल : ४ नयाँ खेलाडी समेट्दै टिम घोषणा 

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-०२-२०
  • |
  • 3719 पटक हेरिएको

कीर्गिस्तानमा आयोजना हुन लागेको काभा मेन्स भलिबल लिगका लागि नेपाली टिमको घोषणा गरिएको छ ।

कीर्गिस्तानमा जुन १८ तारिखदेखि २५ तारिखसम्म आयोजना हुने प्रतियोगितामा नेपालसहित ७ देशले भाग लिँदै छन् ।

काभा नेसन्स लिग घरेलु टोली कीर्गिस्तानसहित, नेपाल, पाकिस्तान, उज्वेकिस्तान, काजकिस्तान, तुर्केमिनस्तान र इरानले खेल्ने छन् । 

उक्त प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा रहेका १८ जनाबाट अन्तिम १२ को टिम छनोट गरेको नेपाल भलिबल संघले जनाएको छ ।

१२ जनाको टोलीमा लेकेन्द्र राज गिरी, सफल विके, हेमन्त बहादुर मल्ल र भीमबहादुर गाहाले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।

हरिहजुर थापा, मानबहादुर श्रेष्ठ, टेकराज अवस्थी, राजेन्द्र विष्ट, रविन चन्द, दुर्गाबहादुर खड्का, हरि बहादुर अधिकारी र धनबहादुर भट्ट क्षेत्रीभने यसअघि राष्ट्रिय टिमबाट खेलि सकेका खेलाडी हुन् ।

नेपाली टोलीको मुख्य प्रशिक्षकमा जगदीश भट्ट, सहायक प्रशिक्षक भरत यादव र म्यानेजर श्याम कृष्ण श्रेष्ठ रहेका छन् ।

१२ खेलाडी र ३ जना अफिसियल गरेर १५ जनाको नेपाली टोली जुन १६ तारिखमा कीर्गिस्तान प्रस्थान गर्ने भलिबल संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिए ।

नेपाली टिम यसप्रकार छ । 

हरिहजुर थापा, लोकेन्द्रराज गिरी, मानबहादुर श्रेष्ठ, टेकराज अवस्थी, राजेन्द्र बिष्ट, रबिन चन्द, दुर्गाबहादुर खड्का, हरिबहादुर अधिकारी,सफल बि.के., धन बहादुर भट्ट क्षेत्री, हेमन्त बहादुर मल्ल, भीमबहादुर गाहा ।

मुख्य प्रशिक्षक : जगदीश भट्ट

सहायक प्रशिक्षक : भरत यादव

टिम म्यानेजर : श्याम कृष्ण श्रेष्ठ 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey