यी खेलाडीले पाउने छन् क्यानबाट सर्वाधिक नगद पुरस्कार

Kelmi

  • मुक्तिबाबु रेग्मी
  • |
  • २०८०-०२-१९
  • |
  • 6999 पटक हेरिएको

नेपाल क्रिकेट संघ क्यानले आईसीसी विश्वकप लिग टू खेलेका सवै खेलाडीलाई नगदसहित सम्मान गर्ने भएको छ । सन् २०१९ देखि २०२३ को मार्चमा सकिएको लिग साइकलमा नेपाल शीर्ष ३ मा रहँदै विश्वकप ग्लोबल क्वालीफायरका लागि छनोट भइसकेको छ । यसबीचमा नेपालबाट लिग टूमा ३२ जना खेलाडीले प्लेयिङ सेटमा स्थान बनाएका छन् ।

सर्वाधिक खेल्ने सूचीमा कप्तान रोहित पौडेल रहेका छन् । उनले ३६ मध्य ३३ खेलमा टिममा स्थान बनाए । उनी सहभागी भएका १८ खेलमा नेपालले जित हात पारेको छ । प्रतिखेल २० हजारका दरले रोहितले ३ लाख ६० हजार प्राप्त गर्ने छन् । यसैगरी दीपेन्द्रसिंह  ऐरीले ३२ खेल खेल्दा १८ मा जित निकाल्ने टिममा रहे ।

उनले पनि ३ लाख ६० हजार प्राप्त गर्ने छन् । यसैगरी सन्दीप लामिछानेले ३१ खेल खेल्दा १८ जितको साक्षी उनी पनि भए । उनले पनि ३ लाख ६० हजार नै पाउने छन् । सन्दीप पछि आशिफ शेखलले पनि ३ लाख ६० हजार पाउने छन् । उनी ३० खेलमा सहभागी हुँदा १८ खेल नेपालले जितेको थियो । सर्वाधिक ३ लाख ६० हजार नगद पाउने ४ जना खेलाडी रहेका छन् ।

यसैगरी १७ खेलमा जित निकाल्ने खेलाडीको सूचीमा सोमपाल कामी, करण केसी, कुशल भुर्तेल रहेका छन् । यी तीनै जना खेलाडीले ३ लाख ४० हजार प्राप्त गर्ने छन् ।  कुशलले २९ खेल खेलेका थिए भने सोमपालले ३१ र करणले ३० खेले खेलेका थिए । यस्तै, आरिफ शेखरले २९ खेल खेल्दा १५ मा जित निकाल्ने टोलीमा थिए ।

क्यानले लिग टू खेलेका सवै क्रिकेटरलाई नगदले पुरस्कृत गर्ने

उनले २० हजारको दरले नगद ३ लाख रुपैयाँ पाउने छन् । यसैगरी पूर्व कप्तान ज्ञानेन्द्र मल्लले २४ खेलमा सहभागिता जनाउँदा १३ खेलमा जितको नतिजा आएको थियो । उनले प्रति म्याच २० हजारका दरले २ लाख ६० हजार पाउने छन् । त्यसैगरी कुशल मल्लले १८ खेल खेल्दा १२ खेलमा जित निस्किएको थियो ।

उनले २ लाख ४० हजार पाउने छन् । यस्तै पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै लगातार टिममा रहेका भीम सार्कीले १ लाख ४० हजार पाउने छन् । उनले ७ वटा खेलमा प्लेयिङ सेटमा स्थान बनाउँदै सवै खेल नेपालले जितेको थियो । सोही आउधारमा उनले १ लाख ४० हजार पाउने छन् ।

 विनोद भण्डारीले १३ खेल खेल्दा ६ खेलमा जित निस्किएको थियो । उनले १ लाख २० हजार नगद पाउने छन् । यसैगरी १ लाख पाउने खेलाडीको सूचमा गुल्सन झा र सुशन भारी रहेका छन् ।

१० खेलमा सहभागीता जनाएका ललित राजवंशीले ८० हजार पाउने छन् । उनी सहभागि भएका बेला नेपालले ४ वटा खेल जितेको थियो ।  यसैगरी ४ खेलमा सहभागि भएका सन्दीप जोराको पनि शत प्रतिशत जित रहेको छ । उनले पनि ८० हजार नै पाउने छन् । यस्तै, देव खनाल र मोहम्मद आदिल आलमले ६० हजार नगद प्राप्त गर्ने छन् ।

पूर्व कप्तान पारस खड्का, सागर ढकाल सुवास खकुरेल र प्रतिश जिसीले ४० हजार पुरस्कार पाउने छन् । यसैगरी एउटा मात्रै खेल जित्ने टिममा रहेका खेलाडीहरुमा बसिर अहमद,विक्रम सोब, पवन शर्राफ, शरद भेषावकर, अविनाश बोहोरा र कुशल महतो रहेका छन् । उनीहरुले जनही २० हजार नद पुरस्कार पाउने छन् । त्यसैगरी नेपाली टिमबाट सुनिल धमला, हरिशंकर साह, कमलसिंह ऐरी र अर्जुन साउदले खेले पनि उनीहरु खेल्दा टिममले जित हात नपारेकाले नगद पुरस्कृतबाट बन्चित भएका छन् । 

क्यानले सवै खेलाडीलाई जितेका खेलको जनही २० हजारका दरले पुरस्कार रकम प्रदान गर्ने निर्णय गरेको जनाइएको छ । नेपाल क्रिकेट संघ क्यानका कार्यबहाक सचिव दुर्गाराज पाठकले आईसीसी लिग टूमा सबै खेलाडीको उत्कृष्ट प्रदर्शनका लागि एक दिवसीय वरियता कायम राख्दै ग्लोबल छनोटमा स्थान बनाएकाले नगदसहित सम्मान गर्ने जानकारी दिए । 

उनले नेपालले खेलेका ३६ मध्ये १९ खेलमा जित र एक खेल बराबरी भएपनि २० खेलमा जित हात पारेको मानेरै खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने बताए ।   सवै खेलाडीको खातामा पैसा पठाउने तयारीमा रहेको पनि कार्यबहाक सचिव पाठकले नेप्लेजलाई जानकारी दिए । 

क्यानले पारस, शरद, सुवासहित २८ खेलाडीलाई नगदले पुरस्कृत गर्ने 

May be an image of text that says 'कर.स २ खेलाडी रोहित पौडेल दीपेन्द्रसिंह ऐरी सन्दीप लामिछाने सोमपाल कामी आशिफ शेख करण केसी आरिफ शेख २२ कुशल भुर्तेल ज्ञानेन्द्र मल्ल १० २३ बसिर अहमद १੧ कुशल मल्ल २४ विक्रम सोव १२ विनोद भण्डारी २५ पवन शर्राफ ੧३ गुल्सन भा २६ शरद भेषावकर १४ २७ ललित नारायण राजवंशी अविनाश बोहोरा ੧५ सुशन भारी प्रतिश जिसी १६ सागर ढकाल कुशल महतो १७ देव खनाल ੧5 भीम सार्की १९ मोहम्मद आदिल आलम २० पारस खडका NEPLAYS २१ सन्दीप जोरा सुवास खकरेल'

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal