NNIPA अवार्ड २ दिन सारियो

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१९
  • |
  • 378 पटक हेरिएको

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले प्रदान गर्ने एनएनआईपिए अवार्ड दुई दिन पछि सरेको छ ।

माघ २७ गते गर्ने भनिएको कार्यक्रम केही प्राविधिक कारणले दुई दिन सरेको संघले विज्ञप्ति मार्फत जनाएको छ । अब सो अवार्ड माघ २९ गते हुनेछ ।

अघिल्लो बर्ष भक्तपुरमा आयोजना भएको कार्यक्रम यसपटक टोखा नगरपालिका वडा नं. २ स्थित लाछी टोलमा हुनेछ । जसमा ३५ खेलका उत्कृष्ट खेलाडीलाई सम्मान गर्नुका साथै एकजना बरिष्ठ खेलकर्मीलाई गजराज जोशी आदर्श खेलाडी तथा नेपाली खेलकुदमा विशेष योगदान गरेबापत बरिष्ठ पत्रकार श्याम चित्रकारलाई सम्मान गरिने छ ।

यस पटक सातौं राष्ट्रिय खेलकुदमा समावेश ३५ खेल फुटबल, क्रिकेट, कराते, तेक्वान्दो, उसु, बक्सिङ, एथ्लेटिक्स, भलिबल, भारोत्तोलन, पौडी, जुडो, आर्चरी, सुटिङ, कुस्ती, लन टेनिस, सफ्ट टेनिस, टेबल टेनिस, कबड्डी, जिम्न्यास्टिक, बास्केटबल, ह्यान्डबल, हक्की, चेस, साइक्लिङ, स्क्वास, ट्रायथलन, खो खो, स्नुकर एन्ड बिलियार्ड, फेन्सिङ, शारीरिक सुगठन, ब्याडमिन्टन, आइटिएफ तेक्वान्दो, सेपाक ताक्रो, फुल कन्ट्याक्ट कराते र गल्फका उत्कृष्ट खेलाडी सम्मानित हुनेछन् । सम्मानित हुने सबै खेलका उत्कृष्ट खेलाडीलाई नगद १० हजार रुपैयाँ प्रदान गरिनेछ ।

यसैगरी पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा रहेको गजराज जोशी आदर्श खेलाडी र एनएनआइपिए पत्रकारिता सम्मानबाट सम्मानित हुने दुईजनालाई सम्मान स्वरुप २५ हजार रुपैयाँ प्रदान गरिने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey