सन्दीप दक्षिण अफ्रिका नजाने 

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-०२-१६
  • |
  • 4389 पटक हेरिएको

आईसीसी विश्वकप लिग टूमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले आईसीसी विश्वकप क्रिकेटको ग्लोबल क्वालीफायरमा स्थान बनाएको नेपाली क्रिकेट टोली अभ्यासका लागि भोलि विहान साढे २ बजे दक्षिण अफ्रिका जाँदै छ ।

काठमाडौंमा सिमित अभ्यास गरेको नेपाली टोलीले दक्षिण अफ्रिकामा स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग अभ्यास गर्ने छ ।

उक्त अभ्यास पछि नेपाली टोली उतैबाट जिम्बाबेमा आयोजना हुने एक दिवसीय विश्वकप क्रिकेटको ग्लोबल छनोटका लागि प्रस्थान गर्ने छ ।

तर, भोलि विहान जाने नेपाली टोलीमा नेपाली टोलीका मुख्य हतियार सन्दीप लामिछाने हुने छैनन् । उनीविरुद्धको मुद्दा अदालतमा विचाराधिन रहेकाले दक्षिण अफ्रिका टूर गुमाउने भएका हुन् ।

फौजदारी अभियोग लागेका सन्दीपविरुद्धको मुद्दा आज पनि काठमाडौं जिल्ला अदालतबाट अघि नबढेपछि उनी दक्षिण अफ्रिका टूरमा नेपाली टिममा उपलव्ध नहुने पक्का जस्तै भएको हो ।

नेपाली क्रिकेट टोली भोलि विहान दक्षिण अफ्रिका जाने

केही दिनदेखि उनी नेपाली टिमसँग अभ्यासका लागि पनि उपलव्ध हुन सकेका थिएनन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलाशले पीडितले दायर गरेको अन्तरिम क्षतिपूर्तिसम्बन्धी निवेदनको टुंगो लागेपछिमात्रै सन्दीपको मुद्दा अघि बढाउन भनेका छन् । 

फौजदारी अभियोगमा अभियोग लागेकै व्यक्ति अनिवार्य अदलातमा उपस्थित हुनुपर्ने व्यवस्था रहेको छ । २१ दिन भित्र अदालतमा उपस्थित हुनुपर्ने अन्यथा पहिला राखेको धरौटी जफत हुने भएकाले पनि उनी दक्षिण अफ्रिका नजाने बताइएको छ ।

जेठ भित्रमा उनको मुद्दाको टुंगो लागेर सफाइ पाएमा भने सन्दीप सिधै जिम्बाबे जाने अवस्था भने रहेको नेपाल क्रिकेट संघ क्यान स्रोतले जनाएको छ । 

यसैबीच, सन्दीपको मुद्दा चाँडो टुंग्याउन माग गर्दै स्वतःस्फूर्तरुपमा क्रिकेट समर्थकहरुले आज काठमाडौं जिल्ला अदालत अगाडि बबरमहलमा प्रदर्शन गरेका थिए । 

May be an image of 12 people and text

सन्दीप लामिछाने : ‘जिल्ला अदालतको आदेश फेरि केटीको उमेर प्रमाणिकरण गर्नु’ 

सन्दीप विनाको जिम्बाबे यात्रा कल्पना गर्न सक्दैनौं : अध्यक्ष चन्द 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal