राईको इजलासमा क्रिकेटर लामिछानेको सुनुवाइ हुँदै 

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-०२-१६
  • |
  • 6306 पटक हेरिएको

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दर्ता भएको मुद्दाको आज सुनुवाइ हुँदैछ । 

यसअघि न्यायाधीश फणीन्द्र पराजुलीको इजलासले पीडितको उमेरको विवादमा पेस गरेको जन्म मिति सम्बन्धी प्रमाण पुनः झिकाउन आदेश दिएको थियो ।

उमेरसम्बन्धी विषयको टुङ्गो नलाग्दा यो मुद्दामा अन्तिम सुनुवाइका लागि पेसी तोकिए पनि सुनुवाइ स्थगित हुँदै आएको छ ।

लामिछानेविरुद्ध नाबालिगलाई बलात्कार गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।

५ भदौ ०७९ मा बलात्कार गरेको भन्दै उनी विरुद्ध २१ भदौं ०७९ मा प्रहरी वृत गौशलामा जाहेरी परेको थियो ।

उनले २० असोज ०७९ मा प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए । 

सन्दीपको मुद्दा १८ नम्बर इजलासमा परेको छ ।

१८ नम्बर इजलासमा न्यायाधीश शंकरबहादुर राइले हेर्ने छन् ।

उनको मुद्दा तेस्रो नम्बरमा रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal