खुला राष्ट्रिय भलिबल प्रतियोगिता आजबाट हेटौँडामा सुरु हुँदै

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-०२-१६
  • |
  • 3964 पटक हेरिएको

हेटौँडाः खुला राष्ट्रिय भलिबल प्रतियोगिता आजबाट हेटौँडामा सुरु हुँदैछ ।

स्व. केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल संघको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

हेटौँडा उपमहानगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगितामा ७ वटा टिमको सहभागिता रहेको छ ।

उद्घाटन खेल आज मंगलबार बिहान हेटौँडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेल मकवानपुर जिल्ला भलिबल टिम र गण्डकी प्रदेशको भलिबल टिमबीच हुने आयोजकले जनाएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey