आइपीएल उपाधि विजेता चेन्नाइले २० करोड पाउँदा अरुले कति पाए ?

Kelmi

  • एजेन्सी
  • |
  • २०८०-०२-१६
  • |
  • 3071 पटक हेरिएको

आईपीएल २०२३ समापन भएको छ । फाइनल खेल चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीच भएको थियो । मे २९ मा भएको उपाधि खेलमा चेन्नईले राजस्थानलाई पाँच विकेटले पराजित गरेको थियो । यस खेल पछि, अवार्ड समारोह भयो, जसमा च्याम्पियन टीम चेन्नई र फाइनलमा पराजित टीम गुजरातलाई पुरस्कार राशि प्रदान गरिएको थियो। यसका साथै अन्य धेरै अवार्ड पनि प्रदान गरिएको छ ।

विगत दुई वर्ष जस्तै यस वर्ष पनि आईपीएल विजेता टोलीलाई २० करोड रुपैयाँ दिइएको छ । योसँगै फाइनलमा हार्ने टोलीको पुरस्कार राशीमा भने कुनै बृद्धि गरिएको छैन । गत वर्ष यो रकम १२.५ करोड थियो, जसलाई यथावत राखिएको छ ।

विश्वको सबैभन्दा ठूलो क्रिकेट लिगको १६ औं संस्करणमा धेरै रोचक खेलहरू देखिएका छन्। यसमा धेरै नयाँ खेलाडीहरू पनि देखा परे र उनीहरूको जीवन परिवर्तन भयो। आईपीएलमा खर्च हुने रकमलाई लिएर लिग सधैँ चर्चामा रहन्छ । टोलीले प्राप्त गरेको पुरस्कार राशि बाहेक अन्य धेरै अवार्ड पनि प्रदान गरिन्छ । यसमा ओरेन्ज क्याप, पर्पल क्याप, फेयर प्ले अवार्ड जस्ता अवार्डहरू समावेश छन्। 

उपाधि विजेता नेचन्नाइले २० करोड भारु प्राप्त गर्दा उप विजेता भएको गुजरातले १२.५ करोड प्राप्त गरेको छ ।

यसैगरी २८ विकेट लिएर मोहम्द सामीले पर्पल क्याप जिते । उनले १० लाख प्राप्त गरेका छन् ।

यस्तै ओरेन्ज क्याप शुभमन गिलले जितेका छन् । उनले प्रतियोगिताभर ८९० रन बनाउँदै क्याप जिते । उनले १० लाख प्राप्त गरे ।

गिलले नै मोस्ट भ्यालुएबल प्लेयर अफ दी सिजन जित्दै थप १० लाख पनि प्राप्त गरे ।

इमर्जिङ प्लयेर अफ दी सिजन यशश्वी जैसवालले जित । उनले प्रतियोगिताभर ६२५ रन बनाएका थिए । उनले १० लाख प्राप्त गरे ।

फेयर प्ले अवार्ड दिल्ली क्यापिटल्सले जितेकाे छ ।

क्याच अफ दि सिजनको अवार्ड राशिद खानले जिते । उनले काइल मेर्यसलाई क्याच आउट गरेका थिए । राशिदले १० लाख प्राप्त गरे ।

त्यसैगरी फाइनल प्लेयर अफ द  म्याच डेभोन कोनवेले जिते । उनले ४७ रनको पारि खेलेका थिए । उनले नगद १ लाख प्रापत् गरे ।

फेयर प्ले अवार्ड: यो अवार्ड टूर्नामेंटमा सबैभन्दा धेरै अनुशासनका साथ खेलेको र कुनै फाउल प्ले नगर्ने टोलीलाई दिइन्छ।

मोस्ट भ्यालुएबल प्लेयर: यो अवार्ड आइपीएल सिजनभर ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई दिइन्छ।

आईपीएल पर्पल क्याप: यस अवार्डको विजेता भने आईपीएलको पूरै सिजनमा सबैभन्दा बढी विकेट लिने बलर हुन्।

इमर्जिङ प्लेयर अफ द सिजन: यो अवार्ड सिजनको उदाउँदो स्टारलाई दिइन्छ।  यो अवार्ड राजस्थान रोयल्सका यशस्वी जैसवाललाई प्रदान गरिएको हो । उनलाई १० लाख रुपैयाँको चेक प्रदान गरिएको थियो । यशस्वीको स्थानमा शिवम दुबेले अवार्ड जितेका हुन् ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey