प्रिमियिर लिगमा म्यानचेस्टर युनाइटेडको सहज जित


-
एजेन्सी
- |
- २०८०-०२-१२
- |
- 272 पटक हेरिएको
इंग्लिस प्रिमियर लिग फुटबमा म्यानचेस्टर युनाइटेडले सहज जित निकालेको छ । शुक्रबार विहान सकिएको खेलमा युनाइटेडले चेल्सीमाथि ४–१ गोलको फराकिलो जित दर्ता गरेको हो ।
घरेलु मैदानमा कासिमेरोले छैटौं मिनेट गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफको अतिरिक्त समयमा एन्थोनी मार्सिएलले गोल गरेपछि युनाइटेडले अग्रता दोब्बर बनाएको थियो ।
७३ औं मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गोल गरेपछि युनाइटेड ३–० ले अघि बढेको थियो । यसैगवरी ७८ औं मनिेटमा मार्कस रासफोर्डले ७८ औं मिनेटमा टिमका लागि चौथो गोल गरेका थिए ।
८९ औं मिनेटमा चेल्सीका जाओ फ्लेक्सले गोल गरेपछि अन्तर ४–१ मा ल्याए पनि पर्याप्त भने भएन ।
जितसँगै युनाइटेडल तेस्रो स्थानमा उक्लिएको छ । चेल्सी भने १२ औं स्थानमा रहेको छ । प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जिति सकेको छ भने दोस्रो स्थानमा आर्सनल रहने पक्का भएको छ ।