इन्टर मिलान कोपा इटालियाको नबौं पटक च्याम्पियन

Kelmi

  • एजेन्सी
  • |
  • २०८०-०२-११
  • |
  • 580 पटक हेरिएको

इन्टर मिलान कोपा इटालियाको च्याम्पियन बनेको छ । 

फिओरेन्टिनालाई २-१ ले पराजित गर्दै इन्टरमिलान कोपा इटालियाको च्याम्पियन बनेको हो । 

 तेस्रो मिनेटमा नै निकोलस गोन्जालेजले सुरुवाती गोल गरेपछि फिओरेन्टिनाले १–० को अग्रता लिन सफल भएको थियो । 

तर २९ औं मिनेटमा मिलानका लागि लाउटारो मार्टिनेजले गोल गरे पछि खेललाई १–१ को बराबरी भएको थियो ।

Image

 ३७ औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टर मिलानलाई पहिलो हाफमा नै २–१ को अग्रता दिलाउन सफल भए ।

दोस्रो हाफ प्रतिस्पर्धात्मक खेल भए पनि दुबै टिमबाट गोल नभएपछि अन्तत:  २–१ को जित निकाल्दै इन्टर कोपा इटालियाको नबौं पटक च्याम्पियन बन्न पुग्यो ।

Image

इन्टरले  क्लबको नाम परिवर्तन नगर्दै एम्बोरसोनिया नामबाट १९३९ मा पहिलो पटक उपाधि जितेको थियो ।

त्यसपछि इन्टर मिलानको नामबाट १९५८-१९५९ र १९६४-१९६५ को फाइनल खेल्दा उप विजेता भएको थियो ।

इन्टरले १९७७-१९७८ को सिजनमा उपाधि जितेको थियाे  ।

त्यसपछि १९८१-१९८२, २००५ र २००६, २०२२ र २०२३ को च्याम्पियन बन्न पुग्यो ।

 सन् २०२१–२२ को सिजन पनि इन्टर मिलान च्याम्पियन बनेको थियो ।

युभेन्ट्सलाई पराजित गर्दै उपाधि जित्न सफल भएको मिलान लगातार दोस्रो पटक बिजेत बन्न सफल भएको हो । यो च्याम्पियनसँगै मिलानले कोपा इटालियाको नवौं पटक च्याम्पियन बन्न पुगेको छ ।

इन्टरले अहिलेसम्म १९३९, १९७८, १९८२, २००५, २००६, २०१०, २०११, २०२२, २०२३ उपाधि जितेको छ ।

कोपा इटालिया जित्ने सवालमा सर्वाधिक सफल टिम युभेन्टस हो । उसले अहिलेसम्म १४ पटक जितेको छ ।

युभेन्टसले १९३८, १९४२, १९५९, १९६०, १९६५, १९७९, १९८३, १९९०, १९९५, २०१५, २०१६, २०१७, २०१८, २०२१ उपाधि जितेको थियो ।

दोस्रो स्थामा रोमा रहेको छ । राेमा र इन्टरले समान ६ पटक उपाधि जिते पनि इन्टर तेस्रो स्थानमा छ ।

रोमाले १९६४, १९६९, १९८०, १९८१, १९८४, १९८६, १९९१, २००७, २००८ उपाधि जितेको थियो । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey