काभा वुमन्स भलिबल : भारतसँग नेपाल स्तब्ध


-
नेप्लेज
- |
- २०८०-०२-१०
- |
- 738 पटक हेरिएको
राजधानीमा जारी काभा वुमन्स भलिबल च्यालेन्ज कप भलिबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ । समूह चरणको खेलमा नेपाल भारतसँग ३–१ को सेटमा स्तब्ध बन्न पुग्यो । यो खेलको नतिजासँगै भारत समूह विजेताको रुपमा सेमिफाइनल पुग्दा नेपाल उप विजेताको रुपमा सेमिफाइनलमा पुग्न सफल भयो ।
नेपालले पहिलो सेट १२–२५ ले गुमाएको थियो । दोस्रो सेट निकै प्रतिस्पर्धात्मकरुपमा गुमाएको थियो । एक समय अग्रता लिएको नेपालले पछि लय गुमाएको थियो । दोस्रो सेट २४–२६ ले गुमाएको थियो ।
तेस्रो सेटमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै २५–२१ ले पराजित गर्दै पहिलो सेट जितेको थियो । जारी प्रतियोगितामै दोस्रो खेलको रुपमा नेपाल र भारतबीचको खेल चौथो सेटमा पुगेको हो ।
चौथो सेटमा नेपालले लिएको ३ अंकको अग्रता जोगाउन नसक्दा अन्तत भारतलाई २१–२५ ले नतिजा सुम्पिन पुग्यो ।
नेपाली टिममा खासगरी अनुभवको कमी देखिएको छ ।