दाश्रो बागमती प्रदेश खेलकुद : २ सय मिटरमा मकवानपुर सफल

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-०२-०९
  • |
  • 386 पटक हेरिएको

मकवानपुरका दिना गोपाली र जिकेश सापकोटाले दोश्रो बागमती प्रदेश खेलकुदअन्तर्गत एथलेटिक्स दुई मिटर दौडमा स्वर्ण पदक जितेका छन् ।

हेटौंडास्थित पिप्ले काम्पा रंगशालामा दुई सय मिटरको प्रतिस्पर्धामा मकवानपुरका स्प्रिन्टरद्वय दिनाले महिलामा र जिकेशले पुरुषमा स्वर्ण जितेका हुन् । उक्त दूरी पूरा गर्न दिनाले २९.३७ सेकेन्ड र जिकेशले २४.६० सेकेन्ड समय लगाए । महिलामा भक्तपुरकी स्वागता खाइतु र चितवनकी रोजिता गुरुङले क्रमशः रजत र कांस्य पदक प्राप्त गरे । पुरुषतर्पm भने मकवानपुरकै सुजन राई र चितवनका शेखर उप्रेतीले कांस्य पदक जिते । महिला ८०० मिटर दौडमा ललितपुरकी रजिना दुलालले सफलता प्राप्त गरिन् । उनले दुई मिनेट ४० सेकेन्डमा दौड पूरा गरिन् ।

यस विधामा नुवाकोटकी आस्था राईले रजत र रामेछापकी भगवती खड्काले कांस्य पदक जिते । यसै विधाको पुरुषमा चितवनका अृमत बोटले सफलता पाए । उनले यो दूरी दुई मिनेट ८ सेकेन्डमा पूरा गरे । सिन्धुपाल्चोकका टीकाराम लोप्चन रजत र नुवाकोटका दिनेश राई कांस्य पदक जित्न सफल भए । पाँच हजार मिटर दौडमा सिन्धुपाल्चोकका मिगमार सिंहले सफलता पाए । उनले १८ मिनेटमा ९ सेकेन्डमा उक्त दूरी पार गरे । काठमाडौंका धर्म महर्जन र सिन्धुपाल्चोकै विश्वराम कुँवरले क्रमशः रजत र कांस्य पदक जिते ।

यसै विधाको महिलामा पनि सिन्धुपाल्चोककै निनु तामाङले स्वर्ण जित्दा २१ मिनेट ८ सेकेन्डमा पूरा गरिन् । दोलखाकी सोनु घोतानेले रजत र भक्तपुरकी रोस्टिना सितिखाले कांस्य पदक जिते । महिला लङजम्पमा चितवनकी प्रनिशा महतोले स्वर्ण जितिन् । उनी ४.८३ मिटर पर उफ्रिन् । चितवनकै आसिका गुरुङले रजत र दोलखाकी रोजिना कार्कीले कांस्य पदक जिते । पुरुषको लङजम्पमा चितवनका सुजितकुमार महतोले स्वर्ण पदक जित्दा ६.३४ मिटर पर उफ्रिए ।

चितवनकै सुदीप महतोले रजत र दोलखाका सुदीप मिजारले कांस्य जिते । पुरुषको सटसुटमा चितवनका ललित राउतले १२.७८ मिटर पर फ्याक्दै स्वर्ण पदक जिते । रामेछापका प्रचन्ड ढुंगेल रजत र चितवनका दीपेश महतो कांस्य पदक जित्न सफल भए । महिलाकै सटपुटमा चितवनकै अप्सरा श्रेष्ठले स्वर्ण जितिन् । उनले ८.८३ मिटर पर फ्याकिन् । सिन्धुलीकी प्रमिला माझीले रजत र रामेछापकी अनिता कार्कीले कांस्य पदक जिते ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal