आइटिएफ तेक्वान्दो : सुस्मितालाई स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-०२-०८
  • |
  • 270 पटक हेरिएको

ललितपुरकी सुस्मिता केसीले दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत आइटिएफ तेक्वान्दोको तेस्रो डान प्याटर्नमा स्वर्ण जितेकी छन् ।

हेटौडास्थित हुप्राचौर खेल मैदानमा सोमबारदेखि सुरु भएको आइटिएफको महिला सिनियर प्याटर्न (तेस्रो) मा सुस्मिताले अनुभवी खेलाडी चितवनकी रुविका खड्कालाई हराउँदै स्वर्ण जितेकी हुन् ।

यसै विधाको पुरुषमा काभ्रेका मनीष भैलाले स्वर्ण जित्दा ललितपुरका सागर श्रेष्ठलाई पछि पारे । दोस्रो डान प्याटर्नअन्तर्गत पुरुषमा ललितपुरका विष्णु भण्डारीले स्वर्ण र भक्तपुरका सिजन राई तथा महिलामा काभ्रेकी श्रृष्टि मल्लले स्वर्ण र ललितपुरकी दिलशा खत्रीले रजत पदक जिते ।

पहिलो डान प्याटर्नको महिलामा चितवनकी सुस्मिता तामाङ र भक्तपुरकी सबिना तामाङ शीर्ष दुई स्थानमा रहे । यसै विधाको पुरुषमा चितवनका आरएन महतोले स्वर्ण र भक्तपुरका सौरभ विश्वकर्माले रजत पदक प्राप्त गरे । जुनियर बेल्टमा पुरुषको रातो पेटीमा काभ्रेका रिजुल श्रेष्ठले स्वर्ण र सिन्धुपाल्चोकका सन्दीप सिम्खडाले रजत पदक जिते । यसै विधाको महिलामा भक्तपुरकी मुना राई स्वर्ण र चितवनकी सुस्मा तामाङ रजत जित्न सफल भए । नीलो पेटीतर्फ महिलामा ललितपुरकी आहाना तामाङले स्वर्ण र काभ्रेकी तुलसा गौतमले रजत पदक जिते ।

यसै विधाको पुरुषतर्फ काभ्रेका सुमन थापामगर स्वर्ण र रामेछापका साहिल दोङ रजत पदक जित्न सफल भए । पुरुष टिम प्याटर्नमा काभ्रेले स्वर्ण जित्दा भक्तपुरलाई पछि पा¥यो । महिलातर्फ भने चितवन पहिलो र भक्तपुर दोस्रो स्थानमा रह्यो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey