दोस्रो बाग्मती प्रदेश खेलकुद आज साँझ उद्घाटन हुँदै

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-०२-०७
  • |
  • 294 पटक हेरिएको

हेटौंडा, जेठ ७– दोस्रो बाग्मती प्रदेश खेलकुद प्रतियोगिता आज एक भव्य समारोहका बीच उद्घाटन हुँदै छ ।

बाग्मती प्रदेशको राजधानी हेटौडाको पिप्ले क्याम्पा रंगशालामा बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले आज (आइतबार) साँझ ५ः३० बजे प्रतियोगिताको उद्घाटन गरेपछि दोस्रो संस्करण सुरुआत हुनेछ । मार्च पास्ट, आतिसबाजी, सांगीतिक प्रस्तुती र विभिन्न किसिम सांस्कृतिक प्रदर्शनीलगायत विभिन्न कार्यक्रम हुने बाग्मति प्रदेशले जनाएको छ । प्रतियोगितामा बाग्मति प्रदेशका १३ जिल्लाका कुल दुई हजार पाँच सय दुई खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा १४२७ पुरुष र १०७५ महिला खेलाडी रहेको प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूूर्यलाल भण्डारीले जनाएका छन् ।

काठमाडौंमा जुडो र उसु, ललितपुरमा पौडी तथा चितवनमा क्रिकेटका प्रतिस्पर्धा हुनेछन् । बाँकी ९ खेल मकवानपुरका विभिन्न खेल मैदानमा हुने आयोजकले जनाएको छ । प्रतियोगिता जेठ १३ गतेसम्म सञ्चालन हुनेछ । पहिलो दिन चितवनमा क्रिकेट खेल भैइरहेको छ । बाँकी खेल भने सोमबारदेखि सुरु हुनेछ् । प्रतियोगितामा २१९ स्वर्ण, २१९ रजत र ३५६ कांस्य गरी कुल सात सय ९४ पदकका लागि १३ जिल्लाका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको स्वर्ण विजेताले पाँच हजार, रजत पदक विजेता चार हजार र कांस्य विजेताले तीन हजार पुरस्कार पाउने बाग्मती प्रदेश खेलकुद परिषद्का कार्यालय प्रमुख देवनारायण चौधरीले जानकारी दिए । प्रतियोगिताका लागि कुल ९ करोड रुपैयाँ अनुमानित खर्च हुने आयोजकले जनाएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey