चन्द्रागिरी टिम च्याम्पियन

-
नेप्लेज
- |
- २०८०-०२-०७
- |
- 130 पटक हेरिएको
काठमाडौं, जेठ ७ गते । चन्द्रागिरी डोजोले प्रथम गोकणेश्वर उप मेयर कप महिला कराते प्रतियोगिताको उपाधि जितेको छ ।
चन्द्रागिरीले ३ स्वर्ण, २ रजत र ४ कांस्य जित्यो ।
शंखडोल कराते एकेडेमीद्वारा आयोजित प्रतियोगितामा २ स्वर्णसाथ च्याम्पियन मार्सल आर्ट्स दोश्रो भयो ।
तेश्रो स्थानको बौद्ध डोजोले १ स्वर्ण र १ रजत हात पा¥यो ।
गोकणेश्वर नगरपालिकाको सहयोगमा ‘महिला हिंसा तथा दुव्र्यसनी विरुद्ध कराते’ अभियानअन्तर्गत सञ्चालित प्रतियोगितामा च्याम्पियन मार्सल आर्ट्सकी काजोल विष्ट उत्कृष्ट खेलाडी घोषित भइन् ।
बूढानीलकण्ठ डोजोकी उषाकुमारी कार्की उदीयमान खेलाडी चुनिइन् । आयोजक शंखडोलले अनुशासित टिमको उपाधि हात पा¥यो ।