वडा १५ को व्याडमिण्टन उपाध रमेश र धनराज जोडीलाई, महिलातर्फ तुलसी र टिकीसरा विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-०२-०६
  • |
  • 316 पटक हेरिएको

पोखरा महानगरपालिका वडा १५ द्वारा आयोजित वडा १५ स्तरिय पुरुष तथा महिला डबल्स व्याडमिण्टन प्रतियोगितामा पुरुषतर्फ रमेस प्रसाद श्रेष्ठ र धनराज गुरुङ्गको जोडी प्रथम भएको छ । शनिबार भएको फाइनल खेलमा प्रकाश गुरुङ्ग र युवराज गुरुङ्गको जोडीलाई पराजित गर्दै यो जोडीले उपाधी जितेको हो ।

महिलातर्फ तुलसी फगामी पुन र टिकीसरा गर्वुजा तामाङ्गको जोडीले लिलादेवी शेरपञ्जा र सुशिला पुर्जा पुनको जोडीलाई पराजित गर्दै प्रथम स्थान हाँसिल गरे । पुरुषतर्फ खुमबहादुर गुरुङ र हरिबहादुर आले तथा मनिष गुरुङ्ग र सफल थापा मगरको जोडीले तृतीय स्थान प्राप्त गरे । महिलातर्पm दिलकुमारी रोन्जिता र हरिमाया थापा तथा गंगा नापित र बिमला थापाको जोडी तृतीय भए ।

विजयी खेलाडीहरुले क्रमश : ७, ५ र ३/३ हजार नगद सहित प्रमाण पत्र पुरस्कार प्राप्त गरे । प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ्गले एक समारोहका विच विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरे । सो अवसरमा उनले आपसी भाइचारा र स्वस्थ्य समाज निर्माणका लागि खेलकुद महत्वपूर्ण भएको औंल्याए । वडाध्यक्ष तोरण बानियाँले वडाले विकास निर्माणसंगै खेलकुदका कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको बताए ।

खेल संयोजक समेत रहेका वडा सदस्य आशिष भण्डारीले वडाको सफलतामा जनप्रतिनिधीको मात्र नभई जनताको पनि उत्तिकै सहकार्यको खाँचो रहेको औंल्याए । कार्यक्रममा मितेरी टोल विकास संस्थाका सल्लाहकार मोती पोखरेल, वडा सदस्यहरु सेतीमाया गुरुङ्ग, मन्दिरा परियार, बलराम पौडेल लगायतले पुरस्कार वितरण गरेका थिए । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey