एसियाली छनोट : नेपाली महिलाटिमबाट सकारात्मक अपेक्षा

Kelmi
  • नेप्लेज
  • |
  • २०७९-१२-२१
  • |
  • 339 पटक हेरिएको

पेरिस ओलम्पिक, २०२४ अन्तर्गत महिला फुटबलको एसियाली छनोट प्रतियोगिताको पहिलो चरणको खेलमा नेपालले मङ्गलबार भियतनामसित खेल्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुवै टोली खेल्नेछन् । 

ओलम्पिकको एसियाली छनोटको पहिलो चरणमा नेपाल समूह ‘सी’ मा परेको छ । नेपालको समूहमा भियतनाम छ । सो समूहमा रहेका अफगानिस्तान र प्यालेस्टाइनले खेल नखेल्ने भन्दै नाम फिर्ता लिएका थिए । छनोट खेलको विजेता ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ । 

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले उक्त प्रतियोगितामा आफ्नो टोलीले राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे । उनले फिफा वरियताले खेलमा खासै असर नगर्ने उल्लेख गर्दै आफ्नो टोलीले उत्कृष्ट खेल खेल्ने बताए । फिफा महिला विश्व वरियतामा भियतनाम ३३औँ स्थानमा छ भने नेपाल १००औँ स्थानमा रहेको छ । 

प्रशिक्षक थापाले भियतनाम बलियो विपक्षी टोली भए पनि आफ्नो टोलीले विगत एक महिनादेखि विशेष तयारी गरिरहेकाले नतिजा आफ्नो पक्षमा रहने बताए । यही प्रतियोगिताको तयारीका लागि नेपालले गत फागुन ३ र ६ गते भारतमा भारतीय टोलीसँग मैत्रीपूर्ण खेल खेलको थियो । नेपालले भारतसँग पहिलो खेल गोलरहित बरबरी तथा दोस्रो खेल २–२ गोलको बराबरी खेलेको थियो ।

नेपाली टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले बलियो टोलीसँग खेल्न आफूहरु तयार रहेको बताइन् । वरियताले खेलको नतिजामा खासै फरक नपर्ने उनको भनाइ थियो । 

 

भर्खरै

Advertisement

Nepal Telecom Authority
Bike price in Nepal