एपीएफमाथि मनाङको जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-१२-०४
  • |
  • 344 पटक हेरिएको

राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दी क्लब विजयी भएको छ ।

दशरथ रंगशालामा आज भएको खेलमा मनाङले एपीएफमाथि २–१ गोल अन्तरको जित दर्ता गरेको हो ।

मनाङ १ गोलले पछि परे पनि  खेल सकिँदा २–१ को नतिजा आत्मसाथ गर्न सफल भयो ।  

३३ औं मिनेटमा अर्मान्ड बिडोमले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १ गोल गरेको एपीएफले दोस्रो हाफमा लय गुमाउन पुग्यो । 

May be an image of 3 people, people playing sports, people standing and outdoors

खेलको ५२ औं मिनेटमा कमल थापाले गोल गर्दै मनाङलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।  

७२ औं मिनेटमा सेदजामोलले गोल गरेपछि अन्तिम ह्वीसल बज्दा २–१ को जित दर्ता गर्न मनाङ सफल भयो ।
 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey