अष्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीयमा भारत विजयी

Kelmi

  • एजेन्सी
  • |
  • २०७९-१२-०३
  • |
  • 413 पटक हेरिएको

नेप्लेज । अष्ट्रेलियाविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा भारत विजयी भएको छ । मुम्बईको वानखेडेमा भएको पहिलो एकदिवसीय क्रिकेटमा भारतले अस्ट्रेलियालाई ५ विकेटले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाको टोली ३५.४ ओभरमा १८८ रनमा सिमित भयो । कङ्गारुका लागि मिचेल मार्सले सर्वाधिक ८१ रनको पारी खेले ।

जवाफमा भारतले ३९ दशमलव ५ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । केएल राहुलले लयमा फर्केर राम्रो ब्याटिङ गर्दै ९१ बलमा ७५ रनको अविजित इनिङ खेले । उनी बाहेक रविन्द्र जडेजाले पनि ४५ रन बनाएर अविजित रहे । यी दुईबीच छैटौं विकेटका लागि १०८ रनको अविजित साझेदारी थियो ।
यो जितसँगै भारतले अष्ट्रेलियाविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा १–० को अग्रता बनाएको छ । अब अर्को एकदिवसीय खेल आइतबार विशाखापट्टनममा हुनेछ । वानखेडे स्टेडियममा भएको एकदिवसीय खेलमा भारतले १६ वर्षपछि अस्ट्रेलियालाई हराएको हो ।

Ravindra Jadeja's bravery in tossing the ball up paid off, India vs Australia, 1st ODI, Mumbai, March 17, 2023

यस मैदानमा यी दुईबीच पाँच वटा एकदिवसीय खेल भएका छन् । जसमध्ये भारतले तीन र अस्ट्रेलियाले दुई खेल जितेको छ ।  भारतले पछिल्लो पटक सन् २००७ मा एकदिवसीय क्रिकेटमा अस्ट्रेलियालाई यही मैदानमा हराएको थियो । यसपछि सन् २०२० मा अष्ट्रेलियाले भारतलाई यही मैदानमा हराएको थियो । अब करिब १६ वर्षपछि भारतले फेरि अष्ट्रेलियालाई हराउन सफल भएको छ ।

अलराउन्ड प्रर्दशन गरेका रविन्द्र जडेजा म्यान अफ दि म्याच भए । उनले अविजित ४५८ रन बनाए । दुई विकेट लिए र उत्कृष्ट क्याच लिए। १८९ रनको लक्ष्य पछ्याएको भारतीय टोलीको शीर्ष क्रमले केही खास प्रदर्शन गर्न सकेन । एक समयमा टोलीले ३९ रनमा तीन विकेट गुमाएको थियो ।

इशान किशन ३, विराट कोहली ४ र सूर्यकुमार यादव शून्य रनमा आउट भए । यस्तो अवस्थामा मिडल अर्डरमा खेल्न आएका केएल राहुल (नटआउट ७५), कप्तान हार्दिक पाण्डेय (२५ रन) र रविन्द्र जडेजा (नटआउट ४५) ले टोलीलाई अग्रता दिलाएका थिए। राहुलले पाण्ड्यासँग ५५ बलमा ४४ रन जोडे । त्यसपछि जडेजासँग १२२ बलमा १०४८ रनको साझेदारी गरेर बाँकी काम पूरा गरे ।

टस हारेर ब्याटिङ गर्न आएको अष्ट्रेलियाको टोली ३५.४ ओभरमा १८८ रनमा अलआउट भयो । ओपन गर्न आएका मिचेल मार्चले ६५ बलमा ८१ रनको ज्वलन्त पारी खेले । जोस इंग्लिसले २६ र कप्तान स्टिभ स्मिथले २२ रनको योगदान दिए ।

भारतका बलर मोहम्मद शामी र मोहम्मद सिराजले ३–३ विकेट लिए । रविन्द्र जडेजाले दुई विकेट लिए । कुलदीप यादव र हार्दिक पाण्ड्याले एक एक विकेट लिए ।
अस्ट्रेलियाले २० रनमै अन्तिम पाँच विकेट गुमाएको थियो। टोलीलाई पाँचौं झटका १६९ रनको स्कोरमा समीको बलमा जोस इङ्लिसले बोल्ड गरेका थिए । यस विकेटपछि टोलीका क्यामरुन ग्रीन १७४, मार्कस स्टोइनिस १८४, ग्लेन म्याक्सवेल १८४, सिन एबोट १८८ र एडम जाम्पा पनि १८८ रनमा आउट भए ।   कङ्गारु टोलीले अन्तिम ५ विकेट १९ रनमै गुमायो ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey