क्रिकेट खेलाडीलाई राष्ट्रपति पौडेलले भेटेरै दिए बधाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-१२-०३
  • |
  • 550 पटक हेरिएको

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद क्षेत्रलाई उपेक्षा गर्नु नहुने बताएका छन् ।

आईसीसी लिग टु मा तेस्रो स्थान प्रप्त गर्दै विश्वकप क्रिकेटको ग्लोबल क्‍वालीफायरमा स्थान पक्का गरेको नेपाली क्रिकेट टिमका खेलाडी र नेपाल क्रिकेट संघ क्यान पदाधिकारीलाई शीतलनिवासमा बोलाएर बधाइ दिँदै राष्ट्रपति पौडेलले सरकारले खेलकुदलाई उपेक्षित क्षेत्रमा राख्नु नहुने बताएका हुन् ।

उनले नेपाली क्रिकेट टिमले राष्ट्रको इज्जत र गौरवलाई बढाएको बताउँदै नेपालमा खेलकुद क्षेत्रमा पूर्वाधारको कमी रहेको र देशको सान राख्न खेलकुद क्षेत्रको पूर्वाधार बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याएका थिए ।

राष्ट्रपति पौडेलले भने, ‘राष्ट्रको इज्जत र गौरवलाई बढाएर तपाईहरु विश्वकपको यात्राका लागि जाँदै हुनुहुन्छ । मैले हिजो इन्ट्रेस दिएर हेरेँ असाध्यै राम्रो खेल थियो । दर्शकहरु पनि धेरै प्रफुल्ल हुनुहुन्थ्यो । पूर्वाधारको कमी रहेको छ । तर पनि यस्तो सफलता प्राप्त गर्नुभएको छ, यो ठूलो कुरा हो । यो क्षेत्रलाई पक्कैपनि राज्यले उपेक्षित क्षेत्रमा राख्नु हुँदैन । यसमा त विश्वका देशहरुसँग प्रतिष्पर्धा हुन्छ, देशको सान राख्न खेलकुद क्षेत्रको पूर्वाधार बढाउनुपर्छ, खेलाडीहरुको मनोबल बढाउन सरकारले लाग्नुपर्छ ।’

राष्ट्रपति पौडेलले खेलाडीहरुको मनोबल बढाउन सरकार लाग्नुपर्नेमा जोड दिए ।

विहीबार युएईलाई डिएल मेथडमा ९ रनले पराजित गर्दै नेपाल आईसीसी विश्वकप लिग टूको तेस्रो स्थानमा रहेको हो ।

यही तेस्रो स्थानका कारण जिम्बाबेमा हुने विश्वकप ग्लोबल क्‍वालीफायरमा स्थान पक्का गर्न सफल भएपछि अहिले नेपाली क्रिकेटलाई बधाईको ओहिरो नै लागेको छ । आज विहान मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा क्रिकेट टोलीलाई भेटेरै बधाई मात्रै दिएका छैनन् भने जनही ३ लाख रुपैयाँ पुरस्कार दिने घोषणा पनि गरेका छन् ।

 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey