काभा महिला अन्तराष्ट्रिय भलिबल जेठमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-१२-०३
  • |
  • 474 पटक हेरिएको

काभा महिला अन्तराष्ट्रिय भलिबल च्याम्पियनसिप काठमाडौंमा आगामी जेठ ६ बाट हुने भएको छ ।

शुक्रबार नेपाल भलिबल संघले एक पत्रकार सम्मेलनको आयोजना गर्दै सो च्याम्पियनसिप जेठ ६ देखि १५ गतेसम्म काठमाडौंमा हुने जानकारी गराएको हो ।

च्याम्पियनसिपमा दक्षिण एशिया र सेन्ट्रल एशियाका आठ राष्ट्रले सहभागिता जनाउने संघले जनाएको छ ।

प्रतियोगितामा भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान मालदिभ्ससँगै आयोजक नेपाल दक्षिण एशियाबाट रहेका रहेका छन् भने सेन्ट्रल एशियाबाट किर्गिस्तान, उज्वेकिस्तान र खजाकिस्तान रहेका छन् । प्रतियोगिता आयोजनाका लागि अनुमानित खर्च दुई करोड ५० लाख लाग्ने संघले जनाएको छ ।

पत्रकार सम्मेलनमा प्रतियोगिताको लोगो पनि सार्वजनिक गरिएको छ । लोगो राखेपका सदस्यसचिव टंकलाल घिसिङले गरेका हुन् । 

नेपालले सन् २०१९ पछि दोस्रो पटका दक्षिण र सेन्ट्रल एशियाका राष्ट्र सम्मेलित प्रतियोगिता गर्न लागेको हो ।

प्रतियोगिताका सम्पूर्ण खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने छ ।  

 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey