मैत्रीपूर्ण ब्याडमिन्टनमा प्रिन्स पराजित 

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-११-३०
  • |
  • 478 पटक हेरिएको

नेपालका उदियमान एवं विश्व जुनियरमा शिर्ष एकमा रहिसकेका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल र श्रीलङ्कन नम्बर एक तथा यु.के. नम्बर ७ दिनुका करुणारत्नेविच मैत्रीपूर्ण खेल सम्पन्न भएको छ ।

प्रिन्सका लागि निकैनै महत्वपूर्ण रहेको खेलमा दानुकले प्रिन्स माथि १५-२१, १३-२१ को जित निकाले । प्रिन्स हिमालयन ब्याडमिन्टन क्लब, यु.के.को निमन्त्रणामा यु.के.को भ्रमणमा रहेका छन् ।

युकेको भ्रमणमा रहेका दाहाल र करुणारत्नेविच भएको खेलको ब्यवस्थापन हिमालयन ब्याडमिन्टन क्लब यु.के.का अध्यक्ष गंगा थापा गाहा मगर, सचिव निनम्बु बोधी क्रिजा र सहसचिव एम.सी. किरात राईले गरेको दाहालका साथमा रहेका प्रिन्सका मामा तथा ब्यवस्थापक कमलेश निरौलाले जानकारी गराएका हुन् ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey