Nepali Patrao

प्रधानमन्त्री कप थ्री नेसन्स फुटबल ८ गतेदेखि 

Kelmi

whoopyland
  • नेप्लेज
  • |
  • २०७९-११-२९
  • |
  • 682 पटक हेरिएको

प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिता चैत ८ गतेबाट सुरु हुने भएको छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै थ्री नेसन्स कप चैत ८ देखि १७ गतेसम हुने जनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगितामा नेपालसहित भुटान र लाओसको सहभागिता रहने छ ।

सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् ।

पहिलो खेलमा नेपालले लाओससँग चैत ८ गते खेल्नेछ । चैत ११ गते भुटान र लाओस भिड्ने छन् ।

त्यस्तै चैत १४ गते नेपाल र भुटान भिड्ने छन् ।

नेपालले नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसको प्रशिक्षणमा प्रतियोगिता खेल्ने एन्फाको प्रवक्ता सुरेश साहले जानकारी दिए ।

प्रतियोगितामा एन्फाले दुई फरक टिकट दर राखेको छ ।

सामान्य प्यारापिटतर्फ ५ सय र भीभीआईपीतर्फ १ हजार टिकट दर राखिएको एन्फाले जनाएको छ ।

 

भर्खरै

Advertisement

NTA

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal