कप्तान टेम्बाको शतक, दक्षिण अफ्रिकाले जित्यो एक दिवसीय सिरिज

Kelmi

  • एजेन्सी
  • |
  • २०७९-१०-१५
  • |
  • 483 पटक हेरिएको

इंग्ल्याण्डविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिका ५ विकेटले विजयी भएको छ । योसँगै ३ खेलको एक दिवसीय सिरिजमा दक्षिण अफ्रिकाले सिरिज एक खेल अगावै कब्जा गर्न सफल भयो । इंग्ल्याण्डले दिएको ३४३ रनको विशाल लक्ष्य दक्षिण अफ्रिकाले ४९.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्न सफल भयो । 

David Miller struck some powerful blows during his fifty, South Africa vs England, 2nd ODI, Bloemfontein, January 29. 2023

टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ओभरमा ७ विकेट गुमाएर ३४२ रन बनाएको थियो । उसका लागि जोस बटलरले नटआउट ९४ रनको पारि खेल्दा हेरी ब्रुकले ८० रन बनाएका थिए ।

Aiden Markram played a momentum-stealing innings, South Africa vs England, 2nd ODI, Bloemfontein, January 29. 2023

यसैगरी मोइन अलिले ५१ रन जोड्दा साम कुरानले २८ रन जोडेका थिए । बेन डकेटले २० रन बनाउँदा क्रिस वोक्सले १४  तथा डेभिड मलानले १२ रन बनाए । जोसन रोयको ब्याटबाट ९ रन बन्दा ३४ रन अतिरिक्त पनि पाएको थियो । दक्षिण अफ्रिकाका एनरिच नोट्जले सर्वाधिक २ विकेट लिए । यसैगरी वेन परर्नेल, लुंगी एनगिडी, मार्को जेनसन, केशव महाराज र एडेन मार्करमले एक एक विकेट लिए ।

Rassie van der Dussen fell to Adil Rashid, South Africa vs England, 2nd ODI, Bloemfontein, January 29. 2023

३४३ रनको लक्ष्यसहित मैदान उत्रिएको दक्षिण अफ्रिकालाई कप्तान टेम्बा बमुभाको शतकीय पारि महत्वपूर्ण रह्यो । उनले १०९ रनको शतकीय पारि खेले । यसैगरी एडेन मार्करमले ४९ रन जोड्दा डेभिड मिलरले ५८ रनको नटआउट पारि खेले । यस्तै माक्रो जेनसनले पनि नटआउट ३२ रनको योगदान गर्दा रसे भान डर डुसेनले ३८ रन जोडे । क्विन्टन डीककले ३१ रन बनाएका थिए ।

Jos Buttler and Sam Curran finished England's innings in style, South Africa vs England, 2nd ODI, Bloemfontein, January 29. 2023

इंग्ल्याण्डका लागि ओले स्टोन र आदिल रसिदले दुई दुई विकेट लिए । सामकरणको नाममा १ विकेट रह्यो । दक्षिण अफ्रिकाले पहिलो खेल २७ रनले जितेको थियो । आजको जितसँगै दक्षिण अफ्रिकाले २–० को अग्रता लिँदै सिरिज भने कब्जा गरेको छ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey