युभेन्टस पराजित

Kelmi

  • एजेन्सी
  • |
  • २०७९-१०-१५
  • |
  • 491 पटक हेरिएको

इटालियन सिरि ए फुटबलमा युभेन्टस पराजित भएको छ ।

एकै पटक १० अंक घटेपछि तालिकाको १० औं स्थानमा झरेको युभेन्टसले पछिल्लो खेल बराबरी खेलेको थियो भने आज भएको खेलमा मोन्जासँग २–० को हार व्यहोर्न बाध्य बन्यो ।

१८ औं मिनेटमा मोन्जाले अग्रता लिएको थियो ।

Image

उसका लागि प्याट्रिक कुइरेराले गोल गर्दै अग्रता दिलाएका थिए ।

यसैगरी ३८ औं मिनेटमा डेनी मोटाले गोल गरेपछि मोन्जाले पहिलो हाफमै २ गोलको अग्रता लिएको थियो ।

सोही अग्रता अन्तिमसम्म जोगाउँदै मोन्जा विजयी भयो ।

पराजित भएको युभेन्टस २३ अंकका साथ १३ औं तथा विजयी भएको मोन्जा २५ अंकका साथ तालिकाको ११ औं स्थानमा उक्लिएको छ । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal