एफए कपबाट डिफेन्डिङ च्याम्पियन लिभरपुल आउट

Kelmi

  • एजेन्सी
  • |
  • २०७९-१०-१५
  • |
  • 431 पटक हेरिएको

ब्राइटन एफ ए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ ।

दोस्रो हाफको अतिरिक्त समयमा गोल गरेपछि ब्राइटनले डिफेन्डिङ च्याम्पियन लिभरपुललाई घर पठाउँदै पाँचौं चरणमा स्थान पक्का गर्न सफल भयो ।

सुरुआती अग्रता लिभरपुलले लिए पनि अन्तिम समयमा आफूलाई सम्हाल्न नसक्दा लिभरपुल २–१ गोल अन्तरले  पराजित भयो ।

३० औं मिनेटमा हार्भे इलियटले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

उनले मोहम्मद सलाहको सहयोगमा गोल गरेका थिए ।

Alexis in action, with Salah in the background. So nearly a HUGE opening...

३९ औं मिनेटमा लेविस डंकले गोल गर्दै ब्राइटनलाई खेलमा फर्काए ।

 टेरिक लेम्पेटीको पासमा  डंकले गोल गरेका हुन् ।

निर्धारित समयको अतिरिक्त दोस्रो मिनेटमा  केरियू मिटोमाले गोल गरेपछि ब्राइटनले लिभरपुलमाथि २–१ को जित दर्ता गर्दै एफ ए कपको पाँचौं चरणमा स्थान पक्का गर्न सफल भयो ।  

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey