भारतले जित्याे यू-१९ महिला विश्वकप क्रिकेटकाे उपाधि

इंग्ल्याण्ड ७ विकेटले स्तब्ध

Kelmi

  • एजेन्सी
  • |
  • २०७९-१०-१५
  • |
  • 456 पटक हेरिएको

यू–१९ महिला विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ । दक्षिण अफ्रिकामा आज भएको फाइनलमा इंग्ल्याण्डलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको हो । 
टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्ड १७.१ ओभरमा सवै विकेट गुमाएर ६८ रनमा रोकिएको थियो । ६९ रनको लक्ष्य पछ्याएको भारतले ३ विकेट गुमाएर १४ ओभरमा लक्ष्य पूरा गर्न सफल भयो ।

The victorious Indian team pose after clinching the Under-19 Women's T20 World Cup, India vs England, U-19 Women's T20 World Cup, final, Potchefstroom, January 29, 2023

भारतको सुरुआत भने राम्रो रहेन । सेफाली बर्मा १५ रन बनाएर पहिलो विकेटको रुपमा आउट भएकी थिइन् । त्यस लगत्तै स्वेता शेरावत टिमको स्कोर २० रन हुँदा ५ रन बनाएर पभेलियन फर्किइन् । त्यसपछि गोंगडी तृषाले २४ रनको पारि खेलिन् । उनी टिमको स्कोर ६६ रन पुगेको बेला आउट भइन् ।

Hannah Baker celebrates the wicket of Shafali Verma, India vs England, U-19 Women's T20 World Cup, final, Potchefstroom, January 29, 2023

अन्त्यमा सौम्य तिवारी र  हृषिता बसुले नटआउट रहँदै भारतलाई उपाधि दिलाए । सौम्यले नटआउट २४ रन बनाउँदा हृषिताले १ बल फेस गरेपनि खाता नै नखोल्दा भारत विजयी भयो ।  इंग्ल्याण्डका हेनन बेकर, ग्रेस स्क्रेभेन्स र एलेक्स स्टोनहाउसले एक एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डको सुरुवात निकै नै खराब रह्यो । खेलको चौथो बलमा तितास साधुले लिबर्टी हिपलाई प्याभिलियन पठाइन । उनले आफ्नो खाता पनि खोल्न सकिनन् ।
यसपछि कप्तान ग्रेस र फियोना हल्यान्डले इंग्ल्याण्डको इनिङ्सलाई अगाडि बढाए तर चौथो ओभरमा अर्चना देवीले दुवैलाई आउट गरेर इंग्ल्याण्डलाई ठूलो झड्का दिइन्् । ग्रेस चार र हल्याण्डले १० रन बनाएर आउट भए ।

१६ रनमा तीन विकेट गुमाएपछि इंग्ल्याण्डको टोली दबाबमा आयो र भारतीय बलरले त्यसको फाइदा उठाउँदै नियमित अन्तरालमा विकेट लिए । 
२२ रनको स्कोरमा इङ्ल्यान्डको चौथो विकेट खसेको थियो । तितास साधुले सेरेनलाई क्लिन बोल्ड गरिन् ।

त्यसपछि चारिस पाभेल र म्याकडोनाल्डले १७ रनको साझेदारी गरे । पाभेल आउट भएसँगै इंग्ल्याण्डको आधा टोली पेभेलियन फर्किएको थियो । त्यसपछि भारतीय बलरहरूले नियमित अन्तरालमा विकेट लिए र इंग्ल्याण्डको टोलीलाई ६८ रनमा अलआउट गरे ।

Archana Devi pulled off a one-handed stunner, India vs England, U-19 Women's T20 World Cup, final, Potchefstroom, January 29, 2023
इंग्ल्याण्डका लागि म्याकडोनाल्डले सर्वाधिक १९ रन बनाइन् ।   एलेक्सा स्टोनहाउस र सोफियाले ११ रनको पारी खेले । हल्याण्डले पनि १० रन बनाइन् । यी चार ब्याटरबाहेक इंग्ल्याण्डका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
भारतका लागि तितास साधु, अर्चना देवी र पार्श्वी चोपडाले समान २–२ विकेट लिए । त्यस्तै मन्नत कश्यप, शेफाली वर्मा र सोनम यादवले एक एक विकेट लिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal