महिला टोलीको मुख्य प्रशिक्षकमा अनन्त थापा नियुक्त

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-१०-१५
  • |
  • 530 पटक हेरिएको

अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी अनन्तराज थापालाई दिएको छ । 

एन्फाका महासचिव किरण राईले आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा थापालाई नियुक्तिको पत्र हस्तान्तरण गरेका हुन् ।

त्यस्तै महिला टोलीको सहायक प्रशिक्षकमा गंगा गुरुङ र गोलकिपिङ प्रशिक्षकमा सुरजकुमार लामालाई नियुक्त गरिएको छ । उनीहरुलाई पनि आइतबार नै महासचिव राईले नियुक्तीपत्र हस्तान्तरण गरेका छन् । 

मैत्रीपूर्ण खेलको नेपाली टोलीको टिम म्यानेजरको जिम्मेवारी वृन्दा देवानलाई दिइएको छ ।

नेपाली राष्ट्रिय महिला टोलीले भारतसँग मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रिपूर्ण खेल आगामी फेब्रुअरी १३ देखि २५ सम्म भारतमा हुनेछ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey