बार्यन बराबरीमा रोकियो

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-१०-१५
  • |
  • 428 पटक हेरिएको

बुन्डेस लिगाको शिर्षस्थानमा रहेको बार्यन म्युनिक बराबरीमा रोकिएको छ ।

शनिबार भएको खेलमा बार्यनलाई पाँचौस्थानमा रहेको फ्रान्कफर्टले बराबरीमा रोकेको हो । 

बार्यनको घरेलु मैदानमा भएको खेलमा फ्रान्कफर्टले बार्यलनलाई १–१ गोलको बराबरीमा रोकेको हो ।

पहिलो हाफको अग्रतालाई बार्यनले जोगाउन नसक्दा अंक बाड्न बाध्य भयो ।

खेलको ३४ औं मिनेटमा बार्यनले अग्रता बनाएको थियो ।

थोमस मुलरको पासमा लोरे सानेले गोल गरेका थिए ।

दोस्रो हाफमा फ्रान्कफर्टले बराबरी गोल गरेको थियो । उसका लागि कोलो मौनीले गोल गरेका थिए । 

त्यस्तै शनिबार बुन्डेस लिगाको अन्य खेलमा मैन्चले बोल्चमलाई ५–२, गाल्डबाचले होफेनहेगमलाई ४–१, ब्रिमनले उल्सवर्गलाई २–१ गोले पराजित गरेको थियो । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey