टाइगर कप : महिलातर्फ एपीएफलाई उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-१०-१४
  • |
  • 822 पटक हेरिएको

पोखरामा जारी तेस्रो टाइगर कप अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फ एपीएफ क्लबले उपाधि जितेको छ ।

पोखरा रंगशालामा आज भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।

 गत संस्करणको पनि विजेता एपीएफल पहिलो सेटमा आर्मीलाई २५–२० ले पछि पार्दै अग्रता लिएको थियो ।

तर दोस्रो सेटमा आर्मी २५–२२ ले बाजी मार्दै सेट १–१ मा ल्याएको थियो ।

No description available.

त्यसपछिका लगातार २ सेट एपीएफले आफ्नो पक्षमा परेपछि उपाधि जित्न सफल भयो ।

तेस्रो सेट २५–८ ले जितेको एपीएफले चौथो सेट २५–२२ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

उपाधि जितेको  एपीएफले ५ लाख नगद पुरस्कार पाउँदा आर्मीले २ लाख ५० हजार प्राप्त गरेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey