नेपाल क्रिकेट संघ (क्यान): सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गर्नु गल्ति

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-१०-१२
  • |
  • 803 पटक हेरिएको

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–ट्वान्टी क्रिकेट लिगका लागि भारतीय कम्पनि सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गर्नु गल्ति भएको स्वीकार गरेको छ । 

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यानले सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौतामा केहि त्रुटी गल्ति भएको स्वीकार गर्दै क्यानको कुनै गलत नियत नभएको समेत स्पष्ट पारेको छ । पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुर बहादुर चन्दले लामो अनुभवका आधारमा सेभेन थ्री स्पोर्ट्ससंग सम्झौता गरेको तर सम्झौता पछि आवश्यक जिम्मेवारीबाट पछि हटेर सेभेन थ्री स्पोर्ट्सले धोका दिएको बताए  ।

स्पट फिक्सिङ प्रकरणले लिग नै विवादमा परेको र यसको असर क्यान र समग्र नेपाली क्रिकेटमा परेकाले अब सबै मिलेर नेपाली क्रिकेटलाई पूर्ववत अवस्थामा फर्काउनुपर्ने उनले जिकिर गरे । श्रम स्वीकृति ढिला देखि सुरु भएको लिगको विवादमा संघको पनि केहि त्रुटी रहेको चन्दले स्वीकार गरेका छन् । उनले अहिले लिगमा खेल्ने अधिकांस खेलाडीहरुले पारिश्रमिक पाइसकेको र केहि खेलाडीहरुले पनि छिटै पाउने दावी गरे । उनले स्पट फिक्सिङ प्रकरणमा प्रहरीलाई क्यानको पूर्ण सहयोग हुने बताए ।

त्यस्तै लिग सुरु हुनु भन्दा पहिले नै सम्भावित फिक्सिङ लगाएतका घटनालाई मध्यनजर गदै सीआइवीलाई पत्र लेखेर प्रतिनिधि पठाउन भने पनि चन्दले बताए । उनले फिक्सिङ तथा कुनै अनियमिततामा क्यानका कुनै पदाधिकारी संलग्न भए कारवाही भोग्न तयार रहेको धारणा राखे । पत्रकार सम्मेलनमा चन्दले बलात्कारको आरोपमा निलम्बनमा परेका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने बारेमा आफूहरु छलफलमा रहेको र विद्यमान कानून अनुसार नै अघि बढ्ने बताएका छन् । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको छानबिनमा नेपाल टी–ट्वान्टी लिगमा स्पट फिक्सिङ भन्दै दुई क्रिकेटरलाई पक्राउ गरिएको छ भने फिक्सिङ संलग्न हुन सक्ने आशंकामा अन्य १० जनामाथि पनि अनुसन्धान गरिरहेको छ । 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey