क्यान भन्छ सन्दिपलाई टिममा फर्काउन छलफलका क्रममा छौं

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-१०-१२
  • |
  • 595 पटक हेरिएको

नेपाल क्रिकेट संघ क्यानले बलात्कारको आरोपमा निलम्बनमा परेका नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेलाई टिममा फर्काउने विषयमा आफूहरु आन्तरिक छलफलका क्रममा रहेको बताएको छ ।

विहिबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले उक्त कुरा बताएका छन् । उनले नेपालको विद्यमान कानून अनुसार अघि बढ्ने बताएका हुन् ।

यसअघि आइसीसीले उनलाई ग्रिन सिग्नल दिइसकेको छ । आइसीसीले पनि  नेपालको कानुनअनुसार नै गर्नु भन्ने आशय व्यक्त गरेको उनले बताए । अध्यक्ष चन्दका अनुसार अब के गर्ने भनेर क्यान सरोकारवालासँग छलफलमा रहेको समेत बताए । 

बलात्कारको आरोपमा थुनामा रहेका सन्दीपलाई उच्च अदालत पाटनले काठमाडौं उपत्यकाबाट बाहिर जान नपाउने गरी २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न पुष २८ गते आदेश दिएको थियो । सन्दिप पुष २९ गते २० लाख धरौटि बुझाउँदै रिहा भएका थिए । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey