फुटबल इतिहासमा पहिलो पटक सेतो कार्ड

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-१०-१२
  • |
  • 1167 पटक हेरिएको

फुटबलमा पहेँलो कार्ड र रातो कार्डको बारेमा सबैलाई थाहा छ । तर पोर्चुगलको महिला लिगमा रेफ्रीले आफ्नो खल्तीबाट सेतो कार्ड निकाले । पोर्चुगिज क्लब बेन्फिका र स्पोर्टिङ लिस्बनबीच भएको महिला कपको क्वाटरफाइनल खेलमा सेतो कार्ड देखाइएको थियो । पहिलो हाफको केही समयअघि रेफ्रीले सेतो कार्ड देखाउँदा बेन्फिका ३–० ले अगाडि रहेको थियो । रेफ्रिले सेतो कार्ड देखाने बित्तिकै स्टेडियममा रहेका दर्शकले रेफ्रीको लागि हर्षोल्लास गरे। ४५ औं मिनेटमा पोर्चुगलका रेफ्री क्याटरिना क्याम्पोसले सेतो कार्ड देखाएकी थिइन् 

सेतो कार्डको अर्थ के हो?

पोर्चुगलको नेशनल प्लान फर एथिक्स इन स्पोर्ट (पिएनइडी) ले नयाँ पहल गरेको छ, जस अनुसार फेयर प्लेका लागि सेतो कार्ड देखाइनेछ । पोर्चुगिज फुटबल महासंघले यो पाइलट प्रोजेक्ट सुरु गरेको हो । जब दुई टोली एक अर्कासँग खेलको भावनामा खेल्छन् तब रेफ्रीले सेतो कार्ड देखाउँछन्।

बेन्फिका र स्पोर्टिङ लिस्बनबीचको खेलमा दर्शकमाझ रहेका एक फ्यान बिरामी भएर बेहोस भएका थिए । स्थितिलाई सम्हाल्न दुवै टोलीका चिकित्सक स्ट्यान्डमा पुगे र केही मिनेटमै फ्यानको उपचार गरे । चिकित्सकको प्रशंसा गर्दै रेफ्रीले सेतो कार्ड देखाए । त्यसपछि बेन्फिकाले उक्त खेल ५–० ले जितेको थियो । 

सेतो कार्डको अतिरिक्त पोर्चुगिज फुटबलले पनि कन्सन प्रतिस्थापन पेश गर्यो । यदि टोलीको प्रतिस्थापन सीमा पुग्यो र टोलीमा एक खेलाडीलाई चोट लागेमा, एक अतिरिक्त प्रतिस्थापन दिइनेछ।

यससँगै अब पोर्चुगलले ९० मिनेटपछिको इन्जुरी टाइमको अवधि बढाउने छ, जसले गर्दा विजेता टोलीले समय खेर फाल्ने छैन । सामान्यतया ३ देखि ५ मिनेट अतिरिक्त समय दिइने भएपनि अहिले यसको अवधि बढाउने चर्चा छ । हामीले फिफा विश्वकपमा पनि यसको झलक पाएका छौं, जहाँ १५ मिनेटको स्टपेज टाइम पनि दिइएको थियो।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal