‘बुद्धिमानीपूर्वक खेल्ने छु’– सुष्मा

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-१०-१०
  • |
  • 429 पटक हेरिएको

थाइल्यान्डको बैंककमा जारी एएसबीसी एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपको महिला ४८ केजी तौलसमूहमा फाइनलमा पुग्दै इतिहास रचेकी नेपालकी सुष्मा तामाङले फाइनलमा बुद्धिमानीपूवर्क खेल्ने बताएकी छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले अघिल्ला खेलका अनुभव र फाइनलमा उच्च प्रदर्शनका लागि शुभकामना दिन गरिएको भिडियो कलमा सुष्माले भनिन्– ‘उज्वेकिस्तानकी खेलाडी पनि म जस्तै डिफेन्सिभ र एट्याकिङ दुवै खेल छिन् । मैले उनको खेल नियालेकी छु । म पनि अगाडि बढेर बूद्धिमानीपूर्वक खेल्ने स्ट्रेटेजी बनाएकी छु ।’

सदस्य–सचिव घिसिङले शुभकामना दिदै भने– ‘फाइनल पुगेकोमा सिंगो देश र म एक्दमै खुशी र उत्साहित छु । खेलकुदको माध्यमबाट सिंगो देशलाई खुशी बनाएकोमा आभारी छु ।

राष्ट्रलाई स्वर्ण दिलाउनेमा मैले विश्वास गरेको  छु । सम्माननीय प्रधानमन्त्रीज्यूलाई पनि मैले यस बारे जानकारी गराएको छु । उहाँ पनि निकै उत्साहित हुनुहुन्छ । फाइनलका लागि धेरै धेरै शुभकामना । म लाइभ हेरिरहेको हुने छु ।’

सुष्माले बुधबार उज्वेकिस्तानकी खेलाडीसंग फाइनल खेल्ने छिन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal