सीआईबी भन्छ : स्पट फिक्सिङमा १० जना संलग्न 

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-१०-१०
  • |
  • 543 पटक हेरिएको

नेपाल टी २० लिग क्रिकेटमा भएको स्पट फिक्सिङमा १० जना संलग्न रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले निष्कर्ष निकालेको छ ।

नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको नेपाल टी २० लिगको सम्पूर्ण जिम्मा लिएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सको संलग्नता रहेको पुष्टि भएको जनाइएको छ ।

‘स्पट फिक्सिङ’ र ‘लाइभ बेटिङ’मा नेपाली र विदेशी गरी १० जना संलग्न रहेको प्रहरीले जनाएको छ ।

आज सीआईबीले पत्रकार सम्मेलन गरी १ जना नेपाली खेलाडीसहित ४ जना र ६ जना विदेशीको संलग्नता रहेको जनाएको छ । 

पत्रकार सम्मेलनमा गत जेठमा नेपाली टिमबाट डेब्यु गरेका मोहम्मद आदिल आमलले फिक्सरको प्रलोभनमा परेर त्यसै अनुसार बलिङ गरेको अनुसन्धानमा पुष्टि भएको छ ।

यसैगरी पूर्व राष्ट्रिय क्रिकेटर महबुब आलमले फिक्सिङका लागि खेलाडीहरुलाई प्रलोभन पारेको पुष्टि भएको छ ।  

६ जना विदेशीमध्ये ४ जना व्यवस्थापक, १ जना खेलाडी र १ जना अन्य व्यक्ति स्पटफिक्सिङ र लाइभ बेटिङमा संलग्न देखिएको जनाइएको छ ।

अहिलेसम्म महबुब र आदिल पक्राउ परेको र अरुको नाम पक्राउ गरेपछि मात्रै सार्वजनिक गर्ने पनि सीआईबीले जनाएको छ ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey