एर्भटनको खराब प्रदर्शनपछि मुख्य प्रशिक्षक लाम्पार्ड बर्खास्त

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-१०-१०
  • |
  • 397 पटक हेरिएको

प्रिमियर लिग क्लव एभर्टनले मुख्य प्रशिक्षक रहेका फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको छ । प्रिमियर लिगमा टोलीले निरन्तर खराब प्रदर्शन गरेपछि क्लवले लाम्पार्डलाई बर्खास्त गरेको हो । 
वेस्टह्यामसँगको पराजय पश्चात एर्भटनले लाम्पार्डलाई बर्खास्त गरेको हो। उसको जारी लिगमा यो लगातार नवौं पराजय हो । 

एर्भटनले लाम्पार्डको प्रशिक्षणमा ४४ खेल खेलेको छ । जसमा २४ खेलमा पराजय ब्यहोरेको थियो भने १२ खेलमा जित निकालेको थियो । ८ खेलमा भने बराबरीमा भएको थियो । पछिल्ला १४ खेलमा एर्भटनले एक खेलमा मात्र जित निकालेको थियो । 

लाम्पार्टलाई एभर्टन गएको एक वर्ष पनि पुगेको छैन् । उनी २०२२ को फेब्रुअरीमा एर्भटनसँग सन् २०२४ सम्मका लागि सम्झौता गरेका थिए। उनले त्यति बेला राफेल बेनिटिजलाई प्रतिस्थापन गरेका थिए । १६ स्थानमा रहँदै एर्भटनलाई रेलिगेशनबाट जोगाएका थिए तर अहिले लिगको पुच्छारबाट दोस्रोमा रहँदै रेलिगेशननको जोनमा नै रहेको छ । एर्भटन १५ अंकसहित तालिकाको १९ औं स्थानमा रहेको छ ।  

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey