शामीले उनकी पत्नीलाई मासिक १ लाख ३० हजार दिन अदालतको आदेश

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-१०-१०
  • |
  • 423 पटक हेरिएको

भारतीय टोलीका फास्ट बलर मोहम्मद शमीले आफ्नी श्रीमती हसीन जहाँलाई हरेक महिना गुजाराका लागि रकम तिर्नुपर्ने भएको छ । कोलकाताको तल्लो अदालतले सोमबार यस्तो आदेश दिएको हो । अदालतले उनलाई हरेक महिना १ लाख ३० हजार भारतीय रुपैयाँ दिनुपर्ने आदेश दिएको हो ।  जसमा हसीन जहाँका लागि ५० हजार रुपैयाँ र छोरीको खर्चका लागि ८० हजार रुपैयाँ समावेश रहेको छ । उनीहरु सन् २०१८ देखि अलग बस्दै आएका छन् र सम्बन्धविच्छेदको मुद्दा चलिरहेको छ ।

हसीन जहाँले २०१८ मा मासिक १० लाख भारुको माग गर्दै अदालतमा मुद्दा दायर गरेकी थिइन् । जसमा उनका लागि ७ लाख र छोरीको पालनपोषण खर्च ३ लाख रहेको थियो ।

हसीन जहाँले सन् २०११ मा शमीसँग भेट गरेकी थिइन् । त्यो समयमा उनी आईपीएलको टोली कोलकाता नाइट राइडर्सका लागि चियरलिडिङ गर्थिन् । दुवैले सन् २०१४ मा विवाह गरेका थिए । हसीन जहाँले विवाहपछि मोडलिङ र अभिनय छोडेकी थिइन् । सन् २०१८ मा जहाँले शमी विरुद्ध घरेलु हिंसा र म्याच फिक्सिंग सहित धेरै आरोप लगाएकी थिइन्। त्यसपछि दुवै अलग बस्न थाले र त्यसपछि सम्बन्धविच्छेदको मुद्दा चलिरहेको थियो । सन् २०१८ मा हसीन जहाँ फेरि आफ्नो पेशामा पाइला राखेकाी थिइन् ।

हसिनका वकिल मृगांका मिस्त्रीले अदालतलाई भने कि उनले थप भत्ता पाउनुपर्छ किनकी २०२०–२१ मा शमीको वार्षिक आम्दानी ७ करोड थियो । सोही आधारमा भत्ताको माग गरिएको थियो । उनको भनाइ थियो कि १० लाख रकम अव्यावहारिक छैन। अपीलमा शमीको आयकर रिटर्न पनि उल्लेख गरिएको थियो। यसबारे शमीका वकिल सेलिम रहमानले हसीन जहाँ आफैं प्रोफेशनल फेसन मोडल भएको दाबी गरेका छन् । उनी आफैं कमाइरहेकी छिन् । त्यसकारण यति धेरै भत्ता सही होइन ।

मार्च २०१८ मा हसीन जहाँले घरेलु हिंसा र म्याच फिक्सिङको आरोप लगाएपछि बीसीसीआईले शमीको सम्झौता रद्द गरेको थियो । अनुसन्धानमा शमी निर्दोष पाइए पछि बोर्डले उनीसँगको सम्झौता नवीकरण गरेको थिया
 ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey