फ्रेन्च कपमा एम्बाप्पेको ५ गोल

Kelmi

  • एजेन्सी
  • |
  • २०७९-१०-१०
  • |
  • 306 पटक हेरिएको

फ्रेन्च कप फुटबलमा पेरिस सेन्ट जर्मेइन (पीएसजी)ले फराकिलो जित दर्ता गरेको छ ।

पेस डे कासलमाथि पीएसजीले ७–० को एकतर्फी फराकिलो जित दर्ता गर्दा स्टार खेलाडी केलियन एम्बाप्पे एक्लैले ५ गोल गरेका छन् ।

अरु दुई गोल नेयमार र कार्लोस सोलेरको नाममा रह्यो । जितसँगै पीएसजी फ्रेन्च कप फुटबलको प्रि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

२९ औं मिनेटमा एम्बाप्पेले गोलको खाता खोलेका थिए । ३३ औं मिनेटमा नेयमारले गोल गरेपछि अग्रता दोब्बर भयो ।

३४ औं र ४० औं मिनेटमा लगातार दुई गोल गरेपछि एम्बाप्पेले पहिलो हाफमा ह्याट्रिक पूरा गरे ।

पीएसजीले पहिलो हाफमा ४ तथा दोस्रो हाफमा ३ गोल थपेको थियो ।

जसमा २ गोल एम्बाप्पेको नाममा रह्यो ।

५६ औं मिनेटमा एम्बाप्पेले टिमका लागि पाँचौं र व्यक्तिगत चौथो गोल गरेका थिए ।

६४ औं मिनेटमा कार्लोसले व्यक्तिगत पहिलो गोल गर्दा पीएसजी ६–० ले अघि बढ्यो ।

 ७९ औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत पाँचौं गोल गर्दा पीएसजी ७–० को जित दर्ता गर्न सफल भयो ।

 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey