केल्मी नेपालका प्रवन्ध निर्देशक न्यौपाने सम्मानित 

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-१०-०९
  • |
  • 785 पटक हेरिएको

केल्मी नेपालका प्रवन्ध निर्देशक उत्तम न्यौपाने सशस्त्र प्रहरीबाट सम्मानित भएका छन् । 

२२औं सशस्त्र प्रहरी दिवस–२०७९को अवसरमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोकमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्मान गरेका हुन् ।

 उनलाई सशस्त्र प्रहरी बल नेपालद्वारा आयोजना तथा सञ्चालन हुने विभिन्न खेलकुद प्रतियोगिताहरुमा पोशाक, खेल सामाग्री लगायत विविध खेलकुद गतिविधिमा सहयोग पुर्‍याउने कामारु ट्रेडिङ्ग प्रा.लि.(केल्मी नेपाल)का प्रबन्ध निर्देशक न्यौपाने, चौधरी ट्रेडर्सका सञ्चालक प्रमोद चौधरी र ब्ल्याक हर्ष सुज ईन्डष्ट्रिज प्रा.लि.का सञ्चालक चिन बहादुर श्रेष्ठलाई महानिरीक्षक अर्यालले कदरपत्र प्रदान गरेका थिए ।

केल्मी नेपालले विभागीय क्लब एपीएफलाई प्रायोजन गर्दै आएको छ । 

बिशेष बढुवा
खेलकुदको माध्यमबाट राष्ट्र र संगठनलाई राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा परिचित गराउन सफल तथा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाउन सफल भएका १६ जना खेलाडी सशस्त्र प्रहरी जवानहरुलाई सोही समारोहमा एक तह विशेष बढुवाको दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey