सन्दिपको मुद्दाको पेशी स्थगित

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-१०-०९
  • |
  • 1415 पटक हेरिएको

नेपाली क्रिकेटर तथा राष्ट्रि टोलीका पूर्वकप्तान सन्दिप लामिछानेको मुद्दाको पेशी स्थगति भएको छ । उनलाई नाबलिकको बलत्कारको आरोप लागेको थियो । 

काठमाडौं जिल्ला अदालतमा न्यायधीस नारायण प्रसाद दहालको एकल इजालसमा पेशी तोकिएतापनि जाहेरवाला नाबालिकको तर्फबाट पेशी स्थगित गरिएको छ ।

जाहेरीवाला नाबालिकका तर्फबाट अधिवक्ता सुनिता रेग्मीले पेशी स्थगनका लागि निवेदन दर्ता गराएकी हुन् । 

सन्दिपलाई कार्तिक १८ गते जिल्ला अदालत काठमाडौंका न्यायधिश माधवप्रसाद घिमिरेको इजालासले पुर्पक्षका लागि कारागार पठाएको थियो । 

सन्दिपका कानुन व्यवसाहीले उक्त फैसलाकाविरुद्धमा उच्च अदालत पाटनमा पुनरावेदनका लागि निवेदन दिएका थिए ।

पाटन उच्चले पुस २८ गते उनलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । सन्दिप २९ पुषमा २० लाख धरौटी बुझाएर रिहा भएका थिए ।

उनी तीन महिना ९ दिन सुन्धारास्थित कारागार बसेका थिए । 

भदौ २१ गते सन्दिपविरुद्ध एक नाबालिकले आफुलाई भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर बलत्कार गरेको आरोप लगाउँदै जाहेरी दिएकी थिइन् ।

सन्दिप त्यतिबेला क्यारेवियन प्रिमियर लिग खेलिरहेका थिए ।

प्रहरीले उनलाई असोज २० गते त्रिभुवन विमानस्थलबाट प्रकाउ गरेको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey