आयोजक गण्डकीलाई पराजित गर्दै विभागीय क्लव एपिएफको विजयी सुरुवात

-
नेप्लेज
- |
- २०७९-१०-०९
- |
- 365 पटक हेरिएको
विभागीय क्लव एपिएफले पोखरामा जारी तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबलको महिलातर्फ विजयी सुरुवात गरेको छ ।
सोमबारको पहिलो खेलमा एपिएफले आयोजक गण्डकीको महिला टोलीलाई ३–० को सोझो सेटमा पराजित गरेको छ ।
पोखरा रंगशालाको भलिबल कोर्टमा भएको खेलमा एपिएफले पहिलो सेट २५–११ ले जितेको थियो । त्यस्तै दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–१६ ले जित्दै खेल आफ्नो पक्षमा पारेको हो ।
महिला–पुरुष दुवैतर्फ च्याम्पियन टोलीले रु पाँच–पाँच लाख र उपविजेता टिमलाई समान नगद रु दुई लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन् ।
तृतीय हुने टोलीलाई रु एक लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद रु ६५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।
महिला तथा पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीले जनही समान नगद रु २५–२५ हजार प्राप्त गर्नेछन् ।
हरेक विद्याका उत्कृष्ट पाँच खेलाडी र प्रशिक्षकलाई रु दश–दश हजार र ट्रफीसहित सम्मान गर्ने आयोजकले जनाएको छ ।