एथलेटिक्स टोली स्वदेश फर्कियो

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-१०-०७
  • |
  • 415 पटक हेरिएको

बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी भइ नेपाली एथलेटिक्स टोली शनिबार स्वदेश फर्किएको छ ।  

बंगलादेशको ढाकामा जनवरी २० तारिखमा भएको प्रतियोगितामा १० नेपाली खेलाडीले फुल र हाफ म्याराथनमा प्रतिस्पर्धा गरेका थिए । नेपालले १ स्वर्ण र २ कांस्य पदक जित्यो ।

दक्षिण एसियाली प्रतिस्पर्धामा पुष्पा भण्डारीले राष्ट्रिय कीर्तिमानसहित म्याराथनमा स्वर्ण जितिन् ।

पुष्पाले सन् २०२१ मा पनि स्वर्ण जितेकी थिइन् । सन् २०२२ मा भने पुष्पा कांस्यमा सीमित भएकी थिइन् ।

नेपालकै विन्द्राधन्के श्रेष्ठले सोही स्पर्धामा कांस्य हात पारिन् । गोपीचन्द्र पार्की हाफ म्याराथनमा कांस्य जिते ।

टोलीलाई नेपाल एथलेटिक्स संघका सचिव आरके विष्ट, एथलेटिक्सका प्रमुख प्रशिक्षक चन्द्र गुरुङ, ओलम्पियन प्रमिला रिजाललगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal